बुढानीलकण्ठ नगरपालिकाको निति तथा कार्यक्रम (पूर्णपाठ सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०८०, मंगलवार ०५:४८

काठमाण्डौ। बुढानीलकण्ठ नगरपालिका नगर सभा १२ औं नगर अधिवेशनको बैठकबाट आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम , आर्थिक विधेयक र विनियोजन विधेयक पारित भएको छ ।
नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा अधिवेशनको असार ०७ गते बसेको पहिलो वैठकमा प्रस्तुत भएको आर्थिक विधेयक र विनियोजन विधेयक असार १० गते को तेस्रो बैठकबाट वृहत छलफल, समिक्षा र सुझाव संकलन पश्चात नगर सभा सदस्यहरुद्वारा पारित भएको हो ।
आ.व. २०८०/०८१ का लागि बुढानीलकण्ठ नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम
आदरणीय नगर सभा सदस्यहरू तथा सम्पूर्ण नगरबासीहरू
एवम् आमन्त्रित सम्पूर्ण अतिथि महानुभावहरू
हार्दिक अभिवादन !
नेपालको संविधान, २०७२ बमोजिम स्थानीय तहको सरकार सञ्चालनमा हामी दोस्रो कार्यकालको दोस्रो वर्षमा प्रवेश गरिरहेका छौं । यस हिसाबले हामी नगरसभाको १२ औं अधिवेशनमा छौं । १२ औं अधिवेशनको यो गरिमामय अवसरमा हामी सम्पूर्ण नगरसभा सदस्यहरुलाई हार्दिक स्वागत गर्न चाहन्छौं ।
‘स्वच्छ, शान्त, पर्यटकीय नगर बुढानीलकण्ठ’ बनाउने अभियानमा हामीले आर्थिक वर्ष २०८० लाई शैक्षिक उन्नयन वर्ष र उद्योग पर्यटनको आधार वर्ष बनाउने घोषणा गरेका छौं भने २०८१ साललाई उद्योग पर्यटन वर्ष बनाउने तयारी गरेका छौं ।
असल, सक्षम, सुसंस्कृत नागरिक बनाउने लक्ष्य सहित शिक्षालाई हामीले पहिलो प्राथमिकतामा राखेका छौं । पूर्वाधारहरुको आवश्यकता र नियमितताका विकास क्रमहरु क्रमशः हुनेनैछ । सामाजिक, आर्थिक र प्राविधिक विकासको क्षेत्र हाम्रो क्रमशः प्राथमिकताका क्षेत्रहरु हुन् । स्वास्थ्य, खानेपानी, सुरक्षित सडक, स्वच्छ वातावरण, कृषि, औद्योगिक तथा घरेलु उत्पादन, त्यसको भण्डारण तथा समुचित बजारको व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, विभेद तथा हिंसामुक्त समाज, सुशासन हाम्रो आवश्यकता र प्राथमिकताका विषयहरु हुन् । यिनै विषय केन्द्रित आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम यहाँहरुका सामु पेश गरेका छौं । कार्यान्वयनमा साथ, सहयोग दिनुहुनेछ भन्ने आशा राखेका छौं । हार्दिक धन्यवाद ।
आदरणीय नगरसभा सदस्यहरू
समृद्ध नगर र सुशासनयुक्त नगरपालिका निर्माणको सङ्कल्पसहित नगरपालिकाको आ.ब. २०८०।०८१ नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न चाहन्छु।
१. सामाजिक विकास:
(क) शिक्षा क्षेत्र :
यस आ.व. २०८०।०८१ लाई शैक्षिक उन्नयन वर्षको रूपमा घोषणा गरिएको छ । उच्च सांस्कृतिक मूल्यसहितको जीवनोपयोगी शिक्षा हाम्रो मूल लक्ष्य हो । ‘बुढानीलकण्ठ नगरपालिकाका सबै नागरिकहरु स्नातक’ हुनेछन् ।
* गरिखाने शिक्षा हाम्रो संकल्प हो, कक्षा ६ देखि शिक्षासँग सिप कार्यक्रम लागू गरी विद्यालय ब्राण्डिङ्ग गरिनेछ । नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुलाई विभिन्न विषयमा विशिष्टिकृत विषयको अध्ययनकेन्द्रका रुपमा संस्थागत गर्दै लगिनेछ ।
*बालकुमारी माध्यमिक विद्यालय र श्रीराम आधारभूत विद्यालयलाई नमूना विद्यालयको रुपमा बिकसित गरिनेछ ।
घ. सामुदायिक बिद्यालयहरुमा सिप, कौशल तथा क्रियाकलापमा आधारित नयाँ पाठ्यक्रम निर्माण गरि लागू गरिनेछ । विद्यार्थी मूल्याङ्कनमा अतिरिक्त क्रियाकलापसहितको प्रयोगात्मक अभ्यास र सिपमूलक कक्षाको प्रस्तुतिलाई अभिन्न अङ्ग बनाईनेछ ।
द्ध. सामुदायिक र नीजि विद्यालय साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ ।
छ. सबै विद्यालयको हरेक वर्ष वर्गीकरण गरी प्राप्ताङ्कको आधारमा प्रमाणपत्र दिई सोही अनुसारको सुविधा तथा सुधारका कार्यक्रमहरु तय गरिनेछ ।
ट. सामुदायिक विद्यालयहरुलाई बहुभाषामैत्री बनाईनेछ ।
ठ. प्रत्येक बर्ष शिक्षकको शिक्षणस्तर परिक्षण योग्यता परीक्षा सञ्चालन गरिनेछ । न्यूनतम अंक प्राप्त गर्न नसक्ने शिक्षकलाई सघन शिक्षक पेशागत विकास कार्यक्रममा सहभागी गराईनेछ ।
ड. सामुदायिक विद्यालयमा प्रधानाध्यापक खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गरिनेछ । यसरी नियुक्त प्रधानाध्यापकको परीक्षणकाल ६ महिना रहनेछ । हरेक ३ वर्षमा प्रधानाध्यापकको पूनः आन्तरिक परीक्षण गरिनेछ ।
ढ. सबै विद्यालयमा पठन संस्कृति विकास अभियान संचालन गरिनेछ ।
. अभिभावक विहिन, बेसहारा र विपन्न विद्यार्थीकोे विद्यालय तहको शिक्षाको सुनिश्चितता गरिनेछ । कोहीपनि विद्यालय जान नपाउने, नसक्ने अवस्थाको सृजना हुन दिईनेछैन ।
* प्रत्येक विद्यार्थी/विद्यालयको न्यूनतम ६० प्रतिशत सिकाई उपलब्धी हासिल गरेको हुनुपर्नेछ । पठनपाठनमा समस्या समाधानमूलक शैक्षणिक उपागम लागू गरिनेछ ।
* नगरपालिकामा वाचनालय सहितको बालबालिका केन्द्रित र वयस्क नागरिक केन्द्रित पुस्तकालय स्थापना गरिनेछ ।
* सबै विद्यालयमा अनिवार्य लाइब्रेरी नीति अवलम्बन गरिनेछ । सामुदायिक सिकाई केन्द्रको नेतृत्वमा सार्वजनिक स्थानमा वाचनालय सहितको पुस्तकालय स्थापना गरिनेछ ।
ज्* जेहेन्दार र विपन्न विद्यार्थीलाई कृषि, पशु चिकित्सक, पाइलट, इञ्जिनियर, चिकित्सक लगायतका प्राविधिक उच्च शिक्षामा २५ प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिनेछ ।
* निरक्षर तथा विद्यालय अध्ययन पूरा गर्न नसकेका व्यक्तिहरु लक्षित विशेष विद्यालय सञ्चालन गरिनेछ ।
* सबै विद्यालयमा स्तरीकृत र एकीकृत पाठ्यक्रम तथा परीक्षाप्रणाली लागू गरिनेछ ।
* सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा तथा संस्थागत विद्यालयमा मापदण्डमा आधारित एकरुपता शुल्क नीति अवलम्बन गरिनेछ । संस्थागत विद्यालयको छात्रवृत्ति बितरण, आन्तरिक एवं आर्थिक पारदर्शीतामा जोड दिइनेछ ।
* सबै विद्यालयमा स्काउट स्थापना गरिनेछ । सबै विद्यालयमा नर्सको व्यवस्थापन गरिनेछ ।
* प्रारम्भिक वाल विकास र शिक्षालाई वालवालिकाको सर्वागिंण विकासको आधारको रुपमा विकास गरिनेछ । प्रारम्भिक बाल विकास (मन्टेस्वरी) को विद्यालय स्थापना, सञ्चालनको कार्यविधि तथा पाठ्यक्रम निर्माण गरिनेछ ।
* प्रत्येक विद्यालयमा न्यूनतम् सक्षमताको अवस्था (कक्षाकोठा, पिउने पानी, शौचालय, पुस्तकालय, क्यान्टिन, प्रयोगशाला र सूचना प्रविधि) सुनिश्चितता गरिनेछ ।
* विद्यार्थीको घर–परिवारसम्म शिक्षण सिकाइको लागि न्यूनतम् शैक्षिक वातावरण विकास गर्न नगरपालिका–विद्यालय र घरपरिवार साझेदारी गरिनेछ ।
* शिक्षक सक्षमता प्रणालीको विकासमा सबै शिक्षकलाई सूचना प्रविधि सम्बन्धी प्रायोगिक सीपको विकास सुनिश्चित गरिनेछ ।
* न्यूनतम् शैक्षिक भौतिक पूर्वाधार नभएका विद्यालयहरुलाई मर्जर (संस्थागत–संस्थागत र सामुदायिक–संस्थागत) मा जान प्रोत्साहित गर्ने नीति लिईनेछ । विद्यालयहरुलाई राइटसाइजिङ र डाउनसाइजिङ गरी स्मार्ट स्कूलमा रुपान्तरण गरिनेछ ।
* “छोरीलाई स्यानेटरी, आमालाई सीप र स्वरोजगारी” कार्यक्रम सञ्चालन गरिनेछ ।
* विद्यालयलाई सामाजिक विभेद (छुवाछुत, दुव्र्यवहार, हिंसा, लैगिंक विभेद) विरुद्ध परिचालन गरिनेछ ।
* ब्रिटिस काउन्सिल तथा अन्य अन्तराष्ट्रिय तथा राष्ट्रिय र स्थानीय प्राज्ञिक संस्थाहरुसँगको सहकार्य र साझेदारीमा ग्लोबल स्कूल प्रर्वद्धन कार्यक्रम सञ्चालन गरिनेछ ।
* न्यूनतम् शिक्षक दरबन्दी नभएका विद्यालयहरुमा शिक्षक बैंक तथा शिक्षण अनुदानमार्फत अंग्रेजी, विज्ञान, गणित लगायत अतिरिक्त विषयका शिक्षकहरुको व्यवस्थापन गरिनेछ ।
* विद्यालयस्तरमा विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरु सञ्चालन गरी खेलकुदको प्रर्वद्धन गरिनेछ ।
* बुढानीलकण्ठ प्राविधिक शिक्षालय स्थापना गरिनेछ ।
* अपांगता भएका, कुष्ठरोग संक्रमित, एसिडपीडित, एच.आइ.भि.सङ्क्रमित तथा दीर्घ रोगले ग्रसित र विशेष शिक्षा दिनुपर्ने आवश्यकता भएकाहरूका लागि बैकल्पिक शिक्षाको उचित व्यवस्था गरिनेछ ।
* विद्यालयमा बालसंरक्षण मापदण्ड लागु गरी बालमैत्री बनाईनेछ । शिक्षक, शिक्षिकालाई बाल अधिकार तथा प्रजनन् स्वास्थ्य सम्बन्धी अनुशिक्षण दिईनेछ ।
* बालबालिका केन्द्रित कला तथा साहित्य महोत्सव कार्यक्रम सञ्चालन गरिनेछ ।
* आधुनिक, वैज्ञानिक आविष्कार तथा विविध रचनात्मक नवप्रवर्तन कार्यका लागि युवा वैज्ञानिकहरुलाई प्रोत्साहन गरिनेछ ।
* शिक्षक सम्मेलन तथा शिक्षा दिवसका दिन नगर शिक्षक पदक प्रदान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
* नगरपालिकाले गठन गरेका विषयगत शिक्षण विभागलाई सुद्धढीकरण गरिनेछ । सबै नगरबासीलाई स्नातक बनाउने लक्ष्यलाई पुरा गर्न यस नगरपालिकाको वडा नं. १० स्थित श्री कपन बहुमुखी क्याम्पसलाई नगरपालिकाको नमुना क्याम्पसनका रुपमा विकास गरिनेछ ।
(ख) स्वास्थ्य :
* निर्माणाधीन नगर अस्पताल विज्ञ चिकित्सकको सेवासहित २४ सैं घण्टा सेवा प्रवाह हुने गरी सञ्चालन गरिनेछ ।
* ज्येष्ठ नागरिक, अपागंता भएका, महिला तथा बालबालिकाहरूलाई विशेष कार्यक्रम ल्याईनेछ ।
* स्वास्थ्य संस्था नभएका वडाहरूमा स्वास्थ्य संस्थाको स्थापना गरिनेछ ।
* बर्थिङ्ग सेन्टरलाई स्तरीकरण गर्दै गर्भवती आमालाई निःशुल्क अल्ट्रासाउण्ड तथा गर्भ परीक्षण गरिनेछ ।
छ। बर्थिङ्ग सेन्टरमा प्रसुति भएका महिलालाई न्यानो प्रसुति झोला र जनही रू. ३,०००।– (तीन हजार मात्र) प्रसुति पोषण भत्ता उपलब्ध गराइनेछ ।
* प्रसुति स्याहार तथा व्यवस्थापनका लागि एम्बुलेन्स सेवा व्यवस्थापन गरिनेछ ।
* ३० बर्ष माथिका सबै नागरिकहरुको स्वास्थ्य पूर्व परिक्षण ९क्अचभभलष्लन० गरिनेछ र नगर स्वास्थ्य प्रोफाइल तयार गरिनेछ ।
* ७५ बर्ष माथिका जेष्ठ नागरिकहरुका लागि निःशुल्क निमोकोकल ९एलभगmयअयअब०ि भ्याक्सिन लगाईनेछ । ५५ वर्षका उमेर माथिकालाई सुगर र उच्च रक्तचाप भएका जेष्ठ नागरिकहरुलाई निःशुल्क औषधि बितरण गरिनेछ ।
* सबै वडामा लागु औषध तथा दुव्र्यसन बिरुद्धको रोकथाम, नियन्त्रण तथा सचेतना कार्यक्रम संचालन गरिनेछ ।
* विभिन्न पेशागत व्यवसायमा कार्यरत श्रमिकलाई पेशागत स्वास्थ्य प्रबद्र्धन तथा सचेतना कार्यक्रम संचालन गरिनेछ ।
* पूर्ण खोप सुनिश्चितताका साथै दिगोपना कायम गरिनेछ ।
* स्वास्थ्य केन्द्रहरुको सेवा प्रवाहमा सुधार र स्तरीकरण गरिनेछ ।
* यस नगरपालिकामा रहेका स्वास्थयकर्मीहरुको तथ्यांक ९म्बतब द्यबकभ० स्थापना गरी स्वास्थ्य क्षेत्र सम्बद्ध जनशक्तिको संजाल (network) स्थापना गरि परिचालन गर्ने नीति लिईनेछ ।
* स्तनपान गराउने आमाहरुलाई स्वास्थ्य सुलभता र सुरक्षाको दृष्टिबाट प्रोत्साहन गरिनेछ र नगरपालिकामा व्यवस्थित स्तनपान कक्षको व्यवस्था गरिनेछ ।
* विज्ञ तथा स्वास्थ्यकर्मीहरुको संजाल बनाई नगरपालिकालाई चिकित्सा शिक्षा, स्वास्थ्य शिक्षा तथा सुविधापूर्ण स्वास्थ्य सेवा प्रवद्र्धनलाई प्राथमिकता दिइनेछ ।
* पर्यावरणीय संकट, अस्तव्यस्त र अव्यवस्थित जीवनशैलीलाई परिवर्तन गराई स्वास्थ्य नागरिक विकास गर्न खानपान, असल सरसंगत, अध्ययन, खेलकूद, संगीत, योगा, ध्यान, व्यायाम जस्ता विषयलाई नागरिक आरोग्यकेन्द्र मार्फत स्वास्थ्यसँग जोडिने नीति अवलम्बन गरिनेछ ।
* मानसिक रोगका कारण विक्षिप्तताका घटनाक्रम वढ्दो छन् । त्यसैले ध्यान र सकरात्मक ज्ञानको हस्तान्तरण, एक अर्कामा सेयरिंग एण्ड केयरिंग स्थानान्तरण (फेल्क्जी टाईम, कार्य विदा निर्धारण) र मानसिक सबलीकरण अभियान सञ्चालन गरिनेछ ।
* मानसिक स्वास्थ्य तथा मनोबिमर्श सेवालाई बिस्तार तथा सुदृढिकरण गरिनेछ ।
* विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम, किशोरकिशोरी प्रजनन् स्वास्थ्य कार्यक्रम अभियान सञ्चालन गरिनेछ ।
* सर्ने तथा नसर्ने रोगहरुको बारेमा नागरिकलाई सूसूचित गराई फिजियोथेरापी सेन्टर, खुल्ला जिम सेन्टर सञ्चालन गरिनेछ ।
* खाद्य सुरक्षा, खाद्य सम्प्रभुताका विषयमा सचेतना, अनुगमन र नियमन गरिनेछ ।
* घरदैलो स्वास्थ्य सेवाको लागि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
* नगर अस्पताल सञ्चालन भएसँगै सबै नगरबासीको स्वास्थ्य बिमा लागु गरिनेछ ।
* नेपाल सरकारले तोकेको ९८ प्रकारका औषधिहरू स्वास्थ्य संस्थाहरूबाट निःशुल्क रूपमा वितरण गर्ने व्यवस्था मिलाइनेछ ।
* महामारीजन्य रोगको विरुद्धमा आवश्यक पर्ने औषधि तथा स्वास्थ्य सामाग्रीहरूको समुचित भण्डारण तथा व्यवस्थापन गरिनेछ ।
* सामुदायिक विद्यालयहरूमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइनेछ ।
* महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाको कार्य तथा भूमिकालाई प्रोत्साहन गरिनेछ । १५ बर्ष सेवा पुरा गरिसकेका महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्मानपूर्वक विदाई गरिनेछ ।
* सामुदायिक विद्यालयमा सामाजिक ल्याब, प्राविधिक ल्याब स्थापना गरी परम्परादेखि चलनचल्तीमा रहेका पुख्र्यौली सिप, ज्ञानको हस्तान्तरण र पुस्तान्तरण गर्ने व्यवस्था मिलाईनेछ ।
* नगरबासीको संवेदनशील मुटु स्वास्थ्य सुरक्षाका लागि शहिद गंगालाल हृदय रोग केन्द्रसँग सेवा सहकार्य गरिनेछ ।
(ग) मानव विकास
* हिंसा पीडितहरुको सुनुवाईका लागि नगर कार्यपालिकामा प्राथमिक स्वास्थ्य परीक्षण, मनोपरामर्श सहितको व्यवस्थित अब्जर्भेसन कक्ष बनाइनेछ ।
* प्रशासकिय भवनमा अपाङ्गता सहायता कक्षको व्यवस्थापन गरिनेछ ।
* हिँसापिडित व्यक्तिको शीघ्र जाँच परीक्षण तथा प्रमाण संरक्षणका लागि शीघ्र पहल गरिनेछ ।
* यौन हिंसाले पीडित महिला र नाबालिगलाई सुरक्षित आवास, सुरक्षित स्वास्थ्य र स्वरोजगारको अवसर समेत सृजना हुनेगरी आत्मनिर्भर केन्द्रको स्थापना गर्न पहल गरिनेछ ।
* . निःशुल्क उजुरी, मनोपरामर्श सेवा तथा मेलमिलाप सेवाका लागि सबै वडामा ‘सुनुवाइ डेस्क’ को स्थापना गरिनेछ ।
* बिपन्न, दलित, एकल, हिंसा पीडित, अपाङ्गता भएका र बेसाहारा महिलाहरूको लागि वैयक्तिक, आर्थिक, सामाजिक सशक्तिकरणका लागि विशेष उद्यमशीलता कार्यक्रम प्याकेज (अनुदान टेवा लगायत) सञ्चालन गरिनेछ ।
* एकल महिलाको हितका लागि केन्द्रित कार्यक्रम सञ्चालन गर्न एकल महिला सुरक्षा कोषलाई निरन्तरता दिइनेछ ।
* विभिन्न व्यावसायिक क्षेत्रमा सफल महिला र दैनिक श्रममा संलग्न विपन्न महिलाको सफलता र संघर्षको कथा विषयक कार्यक्रम मार्फत् महिला जागरण र सशक्तिकरण कार्यक्रम संचालन गरिनेछ ।
* ‘सीप सम्मेलन’ कार्यक्रमलाई निरन्तरता दिई स्थानीय सीप तथा रैथाने उत्पादनको संरक्षण एवं बजार प्रवद्र्धनको व्यवस्था मिलाईनेछ ।
* लैगिक समानता तथा सामाजिक उत्तरदायी बजेट परिक्षण पद्धति अबलम्बन गरिनेछ ।
* नगरस्तरीय ज्येष्ठ नागरिक सेवा केन्द्रको व्यवस्थित सञ्चालन गरिनेछ । ज्येष्ठ नागरिकहरुको अनुभव, सिप र क्षमतालाई नगरको समग्र विकासमा उपयोग गरिने नीति लिईनेछ । ज्येष्ठ नागरिकहरुको मर्यादित जीवनयापनका लागि देहायका बिशेष कार्यक्रम सञ्चालन गरिनेछ ।
(क) ज्येष्ठ नागरिक स्वास्थ्य (शारिरीक, मानसिक, औषधोपचार, मनोपरामर्श, योगध्यान साधना),
(ख) ज्येष्ठ नागरिक सम्मान (लत्ताकपडा, अर्गानिक खाद्यान्न आदिद्वारा सम्मान),
(ग) ज्येष्ठ नागरिक सुरक्षा (आवश्यकता भए अनुसारको हेरचाह, स्याहारसम्भार),
(घ) ज्येष्ठ नागरिक देशदर्शन (तीर्थयात्रा, मठमन्दिर प्राकृतिकस्थलमा यात्रा),
(ङ) ज्येष्ठ नागरिक मनोरञ्जनकला (छोटो दुरीको मनोरम पार्क, स्थानमा ताजगी भ्रमण, नृत्य, संगीत, भजन, आपसी भलाकुसारी, कथावाचन आदि)
(च) ज्येष्ठ नागरिक सिप तथा श्रमदान÷योगदान (जानेको सिपलाई सकुन्जेल श्रम गर्नलगाउने÷योगदान गर्न लगाउने)
१२. सहयोगापेक्षी सडक आश्रित सडक मानवमुक्त बुढानिलकण्ठ नगरपालिका घोषणा गर्न बेसहारा, अशक्त, असहाय, अनाथ तथा अभिभावक विहीन सडकमानव मुक्त गर्ने कार्यक्रम सञ्चालन तथा व्यवस्थापन गर्न सरोकार निकायसँग समन्वय गरिनेछ ।
१३. खुला स्थानमा माग्दै हिँड्ने प्रवृत्तिको अन्त्यका लागि काम गरी खान वा परिवारमा जान प्रोत्साहित गरिनेछ ।
१४. नगरपालिकाभित्र बन्ने सार्वजनिक भवनहरू बालबालिकामैत्री, अपाङ्गतामैत्री, ज्येष्ठ नागरिकमैत्री र लैङ्गिकमैत्री बनाइनेछ ।
१५. फरक क्षमता भएका ब्यक्ति र परिवारलाई स्वास्थ्य, शिक्षा र जीवीकोपार्जनमा विशेष राहत उपलब्ध गराईनेछ ।
१६. नगरपालिकास्तरीय अटिज्म केयर स्कूल/अटिज्म केयर सेन्टर सञ्चालन गरिनेछ ।
१७. नगरभित्र रहेका बेरोजगारहरूको तथ्याङ्क सङ्कलन गरी स्थानीय रूपमै सीप तथा तालिमको व्यवस्था गरी स्वरोजगार सृजनामा टेवा पु¥याइनेछ ।
१८. विपन्न, सहारा विहिन, अभिभावक विहिनहरुका लागि जीवीकोपार्जन तथा हेरचाहको आवश्यक व्यवस्था गरिनेछ ।
१९. लक्षित समुदायलाई सशक्तिकरण र मूलप्रवाहीकरण गर्न ज्ञान तथा उद्यमशीलताका लागि बिउ पूँजी कार्यक्रममा पहुँच स्थापना गरिनेछ ।
२०. सार्वजनिक यातायातलाई अपांगतामैत्री बनाउन पहल गरिनेछ ।
२१. बालबालिकाको हितका लागि बाल कोषको प्रभावकारी संचालन गरिनेछ ।
(घ) कला, भाषा, साहित्य, संस्कृति
* बुढानीलकण्ठ सांस्कृतिक प्रतिष्ठानको निर्माण गरी सो प्रतिष्ठानमार्फत नगरपालिका भित्रका भाषा, साहित्य, सम्पदा, संस्कृति र कलाको सर्वेक्षण, अभिलेखन, सम्वद्र्धन, प्रवद्र्धन गरी यथोचित प्रचार प्रसार गरिनेछ ।
* राष्ट्रिय, अन्तराष्ट्रिय कला, साहित्य सांस्कृतिक सम्मेलन तथा महोत्सव, मातृभाषा सिकाई एवं गोष्ठी तथा रैथाने मेलाको आयोजना गरी कला, संस्कृतिको प्रर्बद्धन गरिनेछ ।
* ‘प्रतिभा बुढानीलकण्ठ’ खुल्ला प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरी विविध क्षेत्रका विशिष्ट प्रतिभाको खोजी गरी ब्राण्डिङ गरिनेछ ।
* डाँडागाउँ, चिसेनी, तौलुङ, चुनिखेल, धरमपुर आदि ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक स्थानलाई पुरातात्विक सम्पदाको रुपमा विकास गरिनेछ ।
* बुढानीलकण्ठ मन्दिर व्यवस्थापन, सञ्चालनका लागि क्षेत्र विकास समिति गठन गरिनेछ । क्षेत्र विकास समितिको कानूनमार्फत् नगरपालिकाभित्र रहेका मठ, मन्दिर, ऐतिहासिक, धार्मिक स्थलहरुको संरक्षण, सम्बद्र्धन, नियमन र एकीकृत विकास गरिनेछ ।
* बुढानीलकण्ठ नगरपालिकाभित्र रहेका विभिन्न बौद्ध चैत्य, गुम्बा, स्तुपा, बौद्ध धर्मसँग सम्बन्धित संघसंस्थालाई संरक्षण, सम्बद्र्धन, नियमन र एकीकृत विकास गरिनेछ ।
* नगरभित्रका सबै भाषा, धर्म, संस्कृति, पर्व, मेला तथा जात्राको संरक्षण, सम्बद्र्धन गरिनेछ । स्थानीय गुठी, सांस्कृतिक समूहलाई नगरको मौलिक, स्थानीय भेषभुषा, भाषा, संस्कृतिको असल अभ्यासमार्फत् प्रचार, प्रसार र परिचालनमा समन्वय गरिनेछ ।
* नगरपालिकाको उपयुक्त सार्वजनिक स्थानहरूमा परम्परागत संस्कृति झल्कने फल्चा, पोखरी, डबली, ढुँगेधारा, चौतारा, खुल्ला आश्रयस्थलहरु निर्माण गरी आकर्षक बनाइनेछ ।
* जगडोल, चुनिखेल, तौलुङ कपनगढी, बागद्वार, मुहानपोखरी, नारायणस्थान, धरमपुर, ठूलो गाउँ, चिसेनी, विष्णुद्धार, चण्डेश्वरी क्षेत्र जोडिने गरी धार्मिक सांस्कृतिक एवं पर्यटकीय सर्किटका रूपमा विकास गरिनेछ ।
* बागद्वार–विष्णुद्वार–सपनतीर्थ मेलालाई विशेष सांस्कृतिक जागरण मेलाको रूपमा प्रवद्र्धन गरिनेछ ।
* खुल्लापार्क, सडकका भित्ताहरु, विद्यालयका पर्खालहरुमा नगरपालिकाको विविध संस्कृति, परिचय झल्कने र देशको पहिचान दिने चित्रहरु बनाई सौन्दर्यकरण गरिनेछ ।
* बौद्धिक सम्पत्तिहरुको संरक्षण, योगदान र सम्मानका लागि नगरपालिकाभित्र रहनुभएका विभिन्न क्षेत्रका बुद्धिजिवीहरु सम्मिलित गरि विज्ञहरुको रोष्टर निर्माण गरी सम्मान गरिनेछ र नगरको समृद्धिमा योगदान गर्ने अवसर सृजना गरिनेछ ।
* ओपन थिएटर र खुल्ला संग्रहालयहरु स्थापनामा प्रश्रय दिइनेछ ।
* कला, भाषा, साहित्य, संस्कृति सम्बन्धी कार्यहरु प्रभावकारी रुपमा अघि बढाईनेछ ।
* समग्र बुढानीलकण्ठको परिचय समेटिएको ग्रन्थ ‘आहा बुढानीलकण्ठ’ प्रकाशित गरिनेछ ।
२. भौतिक पूर्वाधार
* उपभोक्ता समितिबाट सञ्चालन हुने सबै विकास निर्माणका आयोजनामा अनिवार्य रुपमा कूल लागत अनुमानको १०% (दश) प्रतिशत जनसहभागिता सुनिश्चित गर्नुपर्नेछ । जनसहभागिता सुनिश्चित नहुने आयोजनाहरू उपभोक्ता समितिमार्फत सञ्चालन नगरी सार्वजनिक खरिद ऐन, नियम बमोजिम सञ्चालन गरिनेछ ।
* आयोजना कार्यान्वयनको लागि बार्षिक कार्यतालिका (कार्यस्थलको पहिचान, कामको विवरण, खरिद विधि, संझौता, अनुगमन, तथा फरफारक) बनाई लागु गरिनेछ ।
* विकास निर्माणको आयोजनाहरूको गुणस्तरमापन तथा चेकजाँच गर्न प्रविधियुक्त प्रयोगशाला तत्काल सञ्चालन गरिनेछ ।
* आयोजनाहरूको एच्इव्भ्ऋत् द्यब्ल्प्रम्एच् निर्माण गरी क्रमशः कार्यान्वयन गरिनेछ ।
* आयोजनाका तयार भएका डिपिआरहरुको प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ ।
* नगरपालिकाको विकास निर्माण कार्यको गुणस्तर र प्रभावकारीता बढाउन “आयोजना सञ्चालन तथा व्यवस्थापन कार्यविधि” तयार गरी लागु गरिनेछ ।
* नगरपालिकाभित्र रहेका सार्वजनिक जग्गाहरूको खोजी, पहिचान र संरक्षणका लागि विज्ञ सहितको समिति तत्काल गठन गरिनेछ । समितिले दिएको प्रतिवेदनको आधारमा सार्वजनिक जग्गा संरक्षण नीति कार्यान्वयनमा ल्याईनेछ ।
क. सडक तथा ढल व्यवस्थापन
* नगरपालिकाको अधिकार क्षेत्रभित्रका सडकहरू स्तरोन्नति, कालोपत्रे तथा ढलान गरिनेछ ।
* पैदलयात्रु, अपाङ्गता तथा ज्येष्ठ नागरिकमैत्री सडक निर्माण गरिनेछ । पैदल यात्रुलाई सहज ढङ्गले यात्रा गर्न फराकिला सडक पेटी निर्माण गर्ने नीति अवलम्बन गरिनेछ । सडक पेटी अतिक्रमणमा रोक लगाइनेछ ।
* बुढानीलकण्ठको मुख्य हाइवे सडक (८ मिटर माथिका) हरियाली, सफा, नागरिकमैत्री, सडक सुरक्षा, उज्यालो, ट्राफिक संकेतहरु सहित आकर्षक बनाइनेछ ।
* विभिन्न चोक तथा सार्वजनिक स्थलहरुमा पैदलयात्रीहरुका लागि कलात्मक विश्रामस्थल बनाइनेछ ।
* नगरपालिका भित्रका सडकहरू खन्दा वा अन्य निर्माण एवं विविध कार्यमा डोजर लगायतका ठूला औजार उपकरण (ज्भबखथ भ्त्रगष्ऊभलत) चलाउनु पूर्व अनिवार्य रुपमा स्वीकृत लिनुपर्ने व्यवस्था मिलाईनेछ ।
* बुढानीलकण्ठ–विष्णुमती–टोखा, धोबिखोला तथा च्यानेखोला कोरिडोर सडक आयोजना निर्माणको लागि सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।
* सडक निर्माण गर्दा कम्तिमा ४ मिटर चौडाई कायम गरी सडक पक्की गर्ने तथा सडक निर्माण गर्दा जमिनमुनी गरिने (खानेपानी, विद्युत लाइन, ढल आदि) निर्माण कार्य सम्पन्न भएपछि मात्र कालोपत्रे वा ढलान गरिनेछ ।
* नगरभित्रका मुख्य सडकमा साइकल लेन निर्माण गरिनेछ ।
ख. भवन, पार्क तथा अन्य सार्वजनिक निर्माण
* कपन क्षेत्रको डुवान समस्या समाधानका लागि बक्स कल्र्भट निर्माणको कार्य सम्पन्न गर्न सम्बन्धित निकायसँग पहल एवं समन्वय गरिनेछ ।
* . निर्माण सम्पन्न भएका पार्कहरू सूचीकृत गरी व्यवस्थित संचालनको प्रबन्ध मिलाईनेछ ।
* न्क्ष्क् ःबउउष्लनरज्यगकभ ल्गmदभचष्लन सम्बन्धी कार्य चालु आर्थिक बर्षमा थालनी गरिनेछ ।
* सडक तथा टोलको नामाकरण गर्दा प्रमुख हाइवे सडक, मुख्य सडक, भित्री सडक, गल्ली तथा चोकहरुको स्थानीय प्रचलनमा आएका नाम वा शब्दावली, रैथाने पेटबोली वा स्थानीय सांस्कृतिक महत्व वा लोकप्रथाको आधारमा गर्ने नीति लिईनेछ ।
* नगर क्षेत्रभित्र सुविधा सम्पन्न सभा, सम्मेलन तथा कभर्ड हल निर्माण गरिनेछ ।
* बुढानीलकण्ठ कृषि तथा पशु सेवा केन्द्रको प्रयोगशाला सहितको भवन निर्माण गरी पशु स्वास्थ्य सेवालाई सरल, सुलभ र प्रभावकारी बनाइनेछ ।
* “उज्यालो बुढानीलकण्ठ” कार्यक्रम अन्तर्गत ६ र ८ मिटर चौडाई सडकहरूमा बत्ति जडान गर्ने कार्य विद्युत प्राधिकरणसँग भएको साझेदारी सम्झौता अनुुसार समन्वय गरी आ.व. २०८०÷०८१ भित्र सम्पन्न गरिनेछ ।
* ‘नगर सुरक्षा’ कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी प्रभाग, रानीपोखरीसँग गरेको संझौता बमोजिम सिसिटिभि जडान गर्ने कार्य चालु आ.ब. भित्र सम्पन्न गरिनेछ ।
* आवश्यकतानुसार नगरपालिकाको विभिन्न स्थानहरुमा सुविधा सम्पन्न सार्वजनिक शौचालयहरू निर्माण गरिनेछ ।
* नगरपालिकाभित्र उपयुक्त रूट तय गरी नगर बस सेवा सञ्चालन गरिनेछ । खुल्ला र उपयुक्त स्थानमा बसपार्क निर्माण गरिनेछ ।
* नगरपालिकाभित्र उपयुक्त स्थानको पहिचान गरी औद्योगिकग्राम घोषणाका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी पूर्वाधार निर्माण गरिनेछ ।
* दक्ष तथा प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि प्राविधिक शिक्षालय स्थापना गरी निर्माण गरिनेछ ।
* वडा नं. ४ स्थित धान्यढिकुरो मन्दिरको पूर्वाधार संरक्षण र योगाध्यान केन्द्र निर्माणलाई प्राथमिकतामा राखिनेछ ।
* नगरपालिका क्षेत्रभित्र स्थानको पहिचानगरी आइटी पार्क निर्माणको लागि सम्भाब्यताको खोजी गरिनेछ ।
* . उपयुक्त स्थान छनौट गरी सिकाई केन्द्र तथा संरक्षण गृह निर्माण गरिनेछ ।
* नगरपालिकाबाट निर्माण सम्पन्न भएको वा निर्माण गर्नुपर्ने सबै भवन संरचनाको जग्गाको स्वामित्वको प्रक्रिया अगाडि बढाइनेछ ।
* . सामुदायिक विद्यालयको भवन मर्मत तथा सुधार एवं निर्माण गरिनेछ । विद्यालय भवन, शौचालय, खेलमैदान समाबेशीमैत्री बनाईनेछ ।
* डांडागाउँमा तामाङ्ग सांस्कृतिक पार्क तथा केन्द्र, चिसेनी नेचुरल पार्क तथा सांस्कृतिक केन्द्र, रूद्रेश्वर धोबिखोला जलासय, विष्णुमती करिडोर संरक्षण, आईतबारे पार्क निर्माण कार्य अगाडि बढाईनेछ ।
ग. शहरी विकास
* जग्गाको वर्गीकरण, भु–उपयोग नीति, परम्परागत जग्गा उपयोगलाई व्यवस्थित गर्दैै शहरी विकास योजना तर्जुमा गरी व्यवस्थित शहरी विकासको कार्य अगाडि बढाईनेछ ।
* स्थानीय कला, संस्कृति, सम्पदा र पुरातात्विक मौलिकता र महङ्खव झल्कने गरी नीजि घर, सार्वजनिक भवन, कोलोनी, टोल, शहर निर्माण गर्न प्रोत्साहन गरिनेछ ।
* मुख्य सडकहरूको आवश्यक स्थानमा आकाशे पुल तथा जेब्राक्रस निर्माण गरी सडक यातायात र पैदलयात्रीलाई सुरक्षित बनाउन पहल गरिनेछ ।
* अव्यवस्थित पार्किङलाई लक्षित गर्दै सार्वजनिक तथा नीजि पार्किङ व्यवस्थापनका लागि प्रोत्साहन गरिनेछ ।
* नयाँ भवन निर्माण गर्दा पार्किङ व्यवस्थापन गर्न प्रोत्साहित गरिनेछ ।
* पूँजिगततर्फको नगरस्तरीय योजनाको संचालन, कार्यान्वयन, सुपरिबेक्षण लगायतका कार्यहरु नगर प्रमुखबाट संचालन गरिनेछ ।
* नगरमा अव्यवस्थित देखिएका तारहरू, सूचना बोर्ड, ठूला ठूला होर्डिङ्ग बोर्ड, अनावश्यक पोलहरू, स्वागतद्वार तथा प्रवेशद्वारहरूलाई व्यवस्थित गर्ने नीति लिइनेछ ।
* नगर चक्रपथको बाँकि खण्ड निर्माण कार्य सम्पन्न आवश्यक बजेट बिनियोजन गरिनेछ ।
३. कृषि तथा पशुपंक्षी
* नगरभित्र सञ्चालित कृषि उद्योग (पशुपालन, तरकारी खेति, दुग्धजन्य उत्पादन लगायत) लाई प्रवद्र्धन गरी आत्मनिर्भर बनाउने नीति लिइनेछ ।
* वैज्ञानिक तथा सामूहिक कृषि प्रणालीका लागि प्रोत्साहन गरी उत्पादनको मूल्य र बजारीकरणका लागि बिउ, बिजन, प्राङ्गारिक मल, आधुनिक कृषि औजार सहुलियत तथा अनुदान प्रदान गरिनेछ । जैविक मल उत्पादनलाई विशेष प्राथमिकतामा राखिनेछ ।
* स्थानीय कृषि बजारको स्थापना र उत्पादन सुरक्षित राख्न कृषि भण्डारण (चिस्यान केन्द्र, गोदाम घर) स्थापना गरिनेछ ।
* कृषि उद्यमशीलतालाई विद्यालय, युवा स्वरोजगार तथा महिला लगायत लक्षित समुदायसँग जोडिनेछ ।
* सामुदायिक तथा सामूहिक व्यावसायिक कृषि खेतिलाई प्रोत्साहन गरिनेछ । उत्पादनमा आधारित प्रोत्साहन गर्ने नीति लिईनेछ ।
* स्थानीय विशिष्टता र रैथाने उत्पादनलाई प्राथमिकता दिईनेछ ।
* उपयुक्त खुल्ला कृषि उत्पादन क्षेत्रमा कृषि पकेट क्षेत्र घोषणा गरिनेछ ।
* कौशी खेतीलाई प्रोत्साहित गरिनेछ ।
* दुग्धजन्य उत्पादनको आधुनिक बजार व्यवस्थापनका लागि सरकारी, नीजि साझेदारीमा दुग्ध संकलन, भण्डारण एवं विक्री केन्द्रको स्थापना गरिनेछ ।
* ‘असल कृषक’ लाई पुरस्कार तथा अनुदान प्रदान गरी प्रोत्साहन गरिनेछ ।
* ‘माटो जोगाउँ, माटो चलाउँ’ अभियान सञ्चालन गरी जमिन बाँझो नराख्ने नीति लिइनेछ ।
* नगरभित्र व्यवस्थित फलफूल तथा तरकारी बजारको स्थापना गरिनेछ । मौलिक अर्गानिक उत्पादनको बजारिकणको लागि वडा नं. २ स्थित निर्माणाधिन तरकारी बजारलाई सञ्चालनमा ल्याईनेछ ।
* टिस्यु कल्चरल ल्याब तथा ग्रिन हाउस सञ्चालन एवं प्रवद्र्धनमा प्रोत्साहन गरिनेछ ।
* बन्यजन्तु तथा बाँदर नियन्त्रण कार्यक्रम ल्याइनेछ ।
* व्यवस्थित पशु बधशालाको व्यवस्थापन गरिनेछ ।
* गाईवस्तु, चौपाया, पशुपंक्षीको यान्त्रिकरण एवं महामारी रोग निरोधात्मक खोप तथा औषधि उपचारको उचित व्यवस्थापन गरिनेछ ।
* घरपालुवा जीवजन्तु, पशु चौपायालाई सडकमा छाड्न नपाइने नीति लिईनेछ ।
* सामुदायिक सडक चौपाया र मृत पशुचौपायाकोे उचित व्यवस्थापनका लागि एनिमल एम्बुलेन्स सहित प्राविधिक सेवा जनशक्तिको व्यवस्था गरिनेछ ।
* सामुदायिक कुकुर बन्ध्याकरण अभियानलाई निरन्तरता दिइनेछ ।
* कृषि तथा पशुपंक्षीजन्य उत्पादन मेलाको आयोजना गरिनेछ ।
* नगरको कृषि तथा पशुपंक्षी नीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ । नगरभरिका कृषकहरुको विवरण सहित डाटा अभिलेख गरिनेछ ।
* सबै नगरबासीले भरपेट दुई छाक खाना खान पाउनेछन् । कसैले पनि खाना खेर फाल्नेछैनौं । खेरफाल्नेगरी खाना लिने छैनौं, खेर जानेगरि खाना दिनेछैनौं भन्ने अभियान सञ्चालन गरि स्वस्थ खानपान, खाद्य सुरक्षा कार्यक्रमलाई प्रोत्साहन गरिनेछ ।
४. उद्योग, ब्यवसाय, सहकारी र पर्यटन
क) उद्योग, व्यवसाय
* स्थानीय श्रम र सिपलाई प्रोत्साहन गर्ने गरी स्थानीय उत्पादन र मौलिक उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ ।
* स्थानीय उत्पादनको स्थायी बजार प्रवद्र्धनका लागि कोशेली घर र अन्य उपयुक्त बैकल्पिक स्थान तथा उपायहरुको अवलम्बन गरिनेछ ।
* विद्यार्थी, महिला, गृहिणी, अपाङ्गता भएका, एसिड पीडित, एकल महिला, कुष्ठरोग प्रभावित, एचआइभि संक्रमित, अटिज्म भएका व्यक्ति, हिंसापीडित व्यक्ति तथा समूहहरुबाट भएका उत्पादनलाई विशेष प्राथमिकता दिइनेछ ।
* स्थानीय लघु, घरेलु तथा गृह श्रमिक मार्फत् उत्पादित औद्योगिक वस्तुहरुको प्रोत्साहन तथा बजार प्रवद्र्धनका लागि हाटबजारको प्रबन्ध गरिनेछ ।
* सिप सम्मेलन मार्फत् नियमित रूपमा नगरपालिकाभित्रका स्थानीय सिप, क्षमताको उत्पादनलाई प्रसारण, बजार र व्यावसायिक सिपसँग सम्बन्धित पहुँच स्थापनामा जोड दिइनेछ ।
* विभिन्न लक्षित समूहलाई व्यावसायिक सिप, स्थानीय उत्पादन तथा रोजगारमा अभिप्रेरित गर्न प्रविधि हस्तान्तरण र बिउ पूँजी कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।
* महिलाहरु लक्षित व्यावसायिक सिप, ज्ञानमूलक कक्षा, अनुशिक्षण कार्यक्रम, नेतृत्व विकास कार्यक्रम एकीकृत रूपमा नगरस्तरबाट सञ्चालन गरिनेछ । त्यस्ता बहुउद्देश्यीय तालिम तथा कक्षा सञ्चालनका लागि नगरस्तरीय एक तालिम भवनको व्यवस्था गरिनेछ ।
* नगरबाट स्वीकृत हुने सबै प्रकारका सिपमुलक तथा क्षमता विकास सम्बन्धी तालिम कार्यक्रम मापदण्ड बनाई एकद्धार प्रणाली अपनाई नगरपालिकाबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाईनेछ ।
* प्रदेश तथा संघबाट नगरपालिका भित्र सञ्चालन हुने सिपमुलक तथा क्षमता विकास सम्बन्धी तालिम कार्यक्रम नगरपालिकाको मापदण्ड बमोजिम सञ्चालन गरिनेछ ।
* नगरपालिकाभित्र विभिन्न उद्योग, व्यापार, व्यवसाय गरिरहेका, रोजगारी सृजना गरिरहेका रोजगारदाताहरुलाई व्यवसायिक उन्नयनको लागि प्रोत्साहन गरिनेछ ।
* पालिकाको उत्पादन पालिकामै भन्ने नारा सहित पालिकाभित्र हुने कार्यक्रमहरुमा प्रयोग हुने खादा, माला, सल, गलबन्दी, दोसल्ला, कपडाको झोला आदि स्थानीय उत्पादनको मात्रै प्रयोग गर्ने नीति अवलम्बन गरिनेछ ।
* उद्यमी बनौं, रोजगार सृजना गरौं भन्ने नारा सहित नगर उद्यमशीलता विकास कार्यक्रम ल्याइनेछ ।
* ऊर्जा, यातायात, उद्योग, पर्यटन तथा व्यावसायिक क्षेत्रको प्रबद्र्धनको लागि लगानी सम्मेलन गरिनेछ ।
* आर्थिक विकासका लागि सरकारी, नीजि र सहकारी तीनखम्बे अर्थ नीतिलाई प्रबद्र्धन गरिनेछ ।
* सहकारीहरुको अनुगमन कार्यलाई प्रभाबकारी र नतिजामूलक बनाउन प्रबिधिमैत्री र संस्थागत सुशासनमा जोड दिई एकरुपता बनाईनेछ ।
* सहकारीकर्मीहरुलाई तालिम र प्रशिक्षणको माध्यमबाट दक्ष र कुशल बनाईनेछ ।
* नगरभित्रका सहकारीलाई उत्पादन, रोजगारका कार्यमा प्रबद्र्धन गरिनेछ ।
ख) पर्यटन
* नगरपालिकाको पञ्चवर्षिय पर्यटन गुरुयोजनालाई पूनरावलोकन गरी कार्यान्वयनमा ल्याईनेछ । सम्बत् २०८१ लाई पर्यटन वर्षका रूपमा मनाउन देहायका कार्यक्रमलाई प्राथमिकताका साथ संचालन गरिनेछ ।
(क) स्थानीय चाडपर्व, मेला, जात्रा, उत्सवहरुको संस्थागत व्यवस्थापन तथा खोजपूर्ण अभिलेखन गरिनेछ ।
(ख) भौगोलिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक, पौराणिक तथा विविध जनजातिय पहिचान भएका विषय तथा क्षेत्रहरूलाई पर्यटन गन्तव्यको रूपमा अध्ययन, अभिलेखन गरिनेछ ।
(ग) शिवपुरी क्षेत्रभित्र पाइने विभिन्न चराचुरुङ्गी र पुतलीको विशेष संरक्षणका लागि चरा तथा पुतली पार्कको रूपमा घोषणा गर्ने र सोही बमोजिम संरक्षणको नीति लिईनेछ ।
(घ) शिवपुरी निकुञ्जलाई बन, बन्यजन्तु, चरा, पुतली, पानीको मुहान, बोटविरुवा र जडिवुटीका विषयमा खोज अनुसन्धान, अध्ययन, अवलोकन गर्न आउने स्वदेशी तथा विदेशीलाई प्रोत्साहन, नियमन तथा अभिलेखन गर्न शिवपुरी संग्रहलय स्थापना गर्ने नीति लिईनेछ ।
(ङ) बुढानीलकण्ठ मन्दिरलाई देशकै एक विशिष्ट धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न निम्न कार्य गरिनेछ ः
* मन्दिर वरपर सरसफाई, फूलप्रसाद व्यवसायीहरुलाई अन्यत्र स्थानान्तरण, गौशाला अन्यत्र स्थानान्तरण, थप सुविधाजनक सार्वजनिक शौचालय निर्माण, मन्दिरभित्रका स–साना संरचनाहरु हटाउने, सटरहरु सबै खाली गर्ने र पूर्णरुपमा रंगरोगन गर्ने ।
* पुरातात्विक महत्वका पुराना मूर्तिहरु, आकृतिहरु, ढुंगेधारा, शिलालेखहरु खोजि गरी अभिलेख गर्ने र तत् स्थानमा स्थापित गर्ने वा महत्व झल्कने गरी प्रदर्शनीमा राख्ने ।
* मन्दिर प्राङ्गणलाई खालि, सफा र रंगरोगन गरी बोटविरुवा, फूल गमलाले सौन्दर्यकरण गर्ने ।
* मन्दिर प्राङ्गणमा नगरपालिकाभित्रै उत्पादित घरेलु तथा हस्तकलाका सामाग्रीहरुको प्रदर्शनीस्थल सहितको विक्री कक्ष राख्ने ।
* मन्दिर प्राङ्गणमा मन्दिरको तस्विर, ब्रोसर, स्टिकर, ब्याच, पोष्टकार्ड, परिचय पुस्तिका सहितका सामग्रीहरुको प्रदर्शनीस्थल सहितको विक्री कक्ष राख्ने ।
* मन्दिर प्राङ्गणमा निःशुल्क खानेपानी सेवा र भक्तजनहरु आरामले बस्नसक्ने कलात्मक विश्रामस्थल बनाउने ।
* अनावश्यक संरचनाहरु, यत्रतत्र माग्नबसेका मानिसहरु, पार्किङ, पसल, सडकपेटी अतिक्रमण गरिरहेका स्थानहरु हटाउने र मन्दिर आसपास पूर्ण सरसफाई गर्ने ।
* डाँडागाउँ, चिसेनी, ठूलोगाउँ, तौलुङ, लिपीकोट, जगडोल, चुनिखेल लगायतका स्थानहरूमा व्यवस्थित परम्परागत घर आवास कार्यक्रम सञ्चालनका लागि प्रोत्साहन गरिनेछ । डाँडागाउँ, ठूलोगाउँ, चिसेनी, तौलुङ लगायतका हरियाली डाँडाहरुमा अवस्थित स्थानलाई ईको टुरिज्म भिलेजको रूपमा विकास गर्न सरोकारवाला, स्थानीय नागरिक, विज्ञ तथा पर्यटन सम्बद्ध निकायहरुसँग समन्वय र सहकार्य गरिनेछ ।
* अमूर्त साँस्कृतिक सम्पदा संरक्षण गर्न मौलिक संस्कृति, भेषभुषा, रितिरीवाज, आभूषण, सांस्कृतिक विशेषताहरुलाई एकैठाउँमा हेर्न, मनोरञ्जन लिन र सिक्न सकिने गरी सांस्कृतिक संग्रहालय स्थापना गरिनेछ ।
* शिवपुरी पदमार्गको निश्चित रुट तय गरी शिवपुरी पर्यटन पदयात्राको प्रचार प्रसार गरिनेछ ।
* साहसिक साइक्लिङ, रक क्लाइम्बिङ्ग, जिप फ्लाईङ जस्ता साहसिक खेल पर्यटनको सम्भाव्यताको अध्ययन गरिनेछ ।
* पदयात्रा, साइकल मार्ग, हेर्नलायकका अग्ला पहाड, भीर, नदीनाला, मठमन्दिर, गुम्बा, रैथाने सांस्कृतिक वस्ती, होमस्टे, होटलव्यवसाय र तिनको भौगोलिक अवस्था, पहुँच मार्ग, अवधि आदि सबैको संक्षिप्त विवरण र तस्वीर समेत उल्लेख गरि सानो हातेपुस्तिका प्रकाशन गरिनेछ । यिनै विषयहरुमा पूर्ण जानकार राख्ने केही पथप्रदर्शक जनशक्तिलाई उचित तालिम तथा सेवासुविधा सुरक्षा सहितको व्यवस्थापन गरिनेछ ।
* एकै भाषा, संस्कृति भएको वस्तीहरुमध्ये सम्भावना भएको स्थानलाई एकैखालको घरको स्वरूप, कलात्मक गल्ली तथा चोक बनाउने अभियानमा एकरुपता दिई सम्पदावस्तीको रूपमा विकास गर्न प्रोत्साहित गरिनेछ ।
* सबै बाटो, वस्तीहरु, खोलानालाहरु, पार्क तथा खुल्ला स्थानहरुको सरसफाई गरी हरियालीे बनाइनेछ ।
* पर्यटन वर्ष नगरपालिकाको ब्राण्डिङको वर्ष हुनेछ । पर्यटनसँग सम्बन्धित उद्योग, होटल, व्यवसायीहरुलाई आफ्नो भौगोलिक तथा भौतिक स्वरूपमा बुढानीलकण्ठको ब्राण्डिङ हुनेगरी सौन्दर्यकरण गर्न आव्हान गरिनेछ ।
* नगरभित्रका होटल, रिसोर्ट, रेष्टुरेण्ट तथा होमस्टेको लगत अद्यावधिक गरी नियमन गरिनेछ र पर्यटकलाई अर्गानिक एवं स्वस्थ्य खानेकुरा खुवाउन प्रोत्साहन गरिनेछ ।
* कपन गुम्बा आसपास सरसफाई, सडकको सुरक्षा, पैदल तथा अपाङ्गतामैत्री सडक, यात्रुहरुको विश्रामस्थल सहितको व्यवस्थापन गरिनेछ ।
* नगरपालिकाभित्र उत्पादित घरेलु तथा हस्तकलाका कलात्मक सामग्रीहरुको प्रदर्शनी सहितको विक्रिस्थल स्थापना गरिनेछ ।
* जगडोलदेखि अल्टिमेट भ्यु प्वाइन्टसम्मको पदमार्ग स्तरोन्नति (सिंडी, रेस्ट सेड, पानीको धारा, शौचालय) गरिनेछ ।
* यात्रुमैत्री सार्बजनिक यातायात सेवा तथा व्यबस्थापनका लागि नगरपालिकाबाट आवश्यकता अनुसार नियमन गरि यात्रुहरुको सुविधामा ध्यान दिइनेछ ।
* बुढानिलकण्ठ पर्यटकीय सम्पदालाई कला साहित्य, सांस्कृतिक सिर्जनामार्फत् समेट्ने कार्यक्रमहरु गरिनेछ ।
* भ्रमणले सोच फराकिलो पार्दछ (travel broadens the mind ) भन्ने भनाइलाई गराईमा परिणत गर्न जनप्रतिनिधि र कर्मचारीहरुलाई पर्यटकीय स्थलहरुको भ्रमण कार्यक्रम सञ्चालन गरिनेछ ।
* पर्यटन संस्कृतिलाई जोड्न र प्रवद्र्धन गर्न नजिकैको काठमाडौं महानगर, टोखा, गोकर्णेश्वर, तारकेश्वर, कागेश्वरी मनोहरा नगरपालिकाबिच आपसी समन्वय एवं सहकार्य गरिनेछ ।
* पर्यटन केन्द्रित कार्यक्रममा युवा परिचालन गरिनेछ ।
* सबै लघु तथा घरेलु उद्यमी, गृह श्रमिक उत्पादनलाई नगरपालिकाको ब्राण्डिङ लोगो सहित उत्पादनको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरु गरिनेछ ।
* नगरपालिकाभित्रका पर्यटकीय सम्भाव्यताका विषयमा खुल्ला आव्हान सहित छोटो भिडियो च्यालेन्ज प्रतियोगिता सञ्चालन गरिनेछ । यसमा नगरपालिकाको सूचना प्रविधि टीम क्रियाशील हुनेछ ।
* आगामी सम्बत् २०८१ मा पर्यटन वर्ष मनाउने घोषणा सहित यो वर्ष पर्यटन महोत्सव गरिनेछ ।
२.पर्यटन प्रबद्र्धनका लागि आन्तरिक तथा बिदेशी मुलुकका नगरपालिकासँग भगिनी सम्बन्ध बिस्तार गरिनेछ ।
५. वन, वातावरण, जलवायु परिवर्तन, फोहोरमैला तथा विपद् व्यवस्थापन
(क)वन, वातावरण तथा जलवायु परिवर्तन
* सामुदायिक वन, शिवपुरी राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको वन व्यवस्थापन र दिगो पर्यावरणीय संरक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
* मुख्य सडकलाई सरसफाई तथा हरियालीका लागि सडका दुबै किनारामा बृक्षारोपण गर्ने, सार्वजनिक पार्कहरुमा वृक्षारोपण तथा पार्कको व्यवस्थापनको लागि बोटविरुवाको संरक्षण गर्ने नीति लिईनेछ ।
* सार्वजनिक खुल्ला जमिनमा विभिन्न जातका फलफूलको बिरुवा रोपिनेछ ।
* विभिन्न प्रजातिका चराचुरुङ्गी, जंगली जनावर, जडिबुटी तथा बन बुट्यान एवं जलाधार क्षेत्र भएको शिवपुरी निकुञ्जलाई वातावरणीय उन्नत उर्जाको रुपमा विकास गरिनेछ ।
* बुढानीलकण्ठ नगर हरियाली शहर अभियान सञ्चालन गरिनेछ । कपडा र कागजको झोला प्रयोगका लागि प्रोत्साहन गरी प्लाष्टिक प्रयोगलाई निरुत्साहित गरिनेछ ।
* सार्वजनिक पार्कहरुको संरक्षण, व्यवस्थापन, हेरालुको बन्दोबस्त गरी न्यूनतम पर्यटन तथा मनोरञ्जन शुल्क निर्धारण गरी आम्दानीमा बाँधिने व्यवस्था गरिनेछ ।
* धोबिखोला रुद्रमती, विष्णुमती, च्यानेखोला, लुडेखोला लगायत नदीनालाहरुको सरसफाई गरिनेछ । पर्यावरणीय दिवसहरुका अवसरमा वातावरणीय सचेतना तथा वातावरणमैत्री कार्यक्रमहरुको आयोजना गरिनेछ ।
* स्वस्थ्य वातावरण र स्वस्थ्य पानीका लागि सबै नागरिकलाई सुसूचित गरिनेछ ।
* वातावरणीय सचेतनाका लागि नगर युवा परिषद्, नगर स्काउटलाई परिचालन गरिनेछ ।
* दिगो विकासका लक्ष्य स्थानीयकरण गरी कार्यान्वयनमा ल्याईनेछ ।
(ख) फोहोरमैला
* नगरपालिकाभित्रको फोहोर नगरपालिकामै व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ ।
(क) स्रोतमै (घरभित्रै) कुहिने, नकुहिने र पुनः प्रयोग हुने फोहोरको वर्गीकरण गर्न नागरिकलाई प्रोत्साहन गरिनेछ ।
(ख) फोहोरमैला व्यवस्थापनमा लागिरहेका नीजि तथा संस्थागत समूहहरुसँगको साझेदारीमा फोहोरको वर्गीकरण, कम्पोष्ट मल, गड्यौला मल निर्माण, कम्पोष्ट विनको प्रयोग, फोहोरको गन्ध नियन्त्रण, पूनःप्रयोग गर्नसकिने वस्तुहरुको प्रशोधन तथा पूनःउत्पादनका कार्यमा जोड दिईनेछ ।
(ग) खोलानाला, पार्क, सडक तथा सार्वजनिक स्थलमा फोहोर नफ्याँक्न तथा फोहोर नगर्न सूचनाबोर्ड एवं सिसि क्यामेराको व्यवस्था गरी सार्वजनिक रूपमा फ्याँकेमा जरिवाना तथा कारवाही गर्ने नीति लिईनेछ ।
(घ) नकुहिने फोहोरको पूर्ण निस्तेज गराउन सक्ने मेशिनको प्रयोग, उपलब्धता तथा सम्भाव्यताको खोजी गरिनेछ । पूनः प्रयोग गर्नसकिने फोहोरलाई प्रयोग गरी उत्पादनसँग जोडिनेछ ।
* फोहोरमैलालाई वैज्ञानिक ढङ्गले छिटोछरितो व्यवस्थित गर्नसक्ने हरेक विकल्पहरुको सम्भाव्यता खोजी गरिनेछ ।
* अस्पतालजन्य फोहोरमैला व्यवस्थापनका लागि कार्यविधि निर्माण गरी लागू गरिनेछ ।
* फोहोरमैला सङकलन केन्द्र ९ऋयििभअतष्यल ऋभलतचभ० को उचित व्यवस्थापन गरिनेछ ।
* फोहोरमैला व्यवस्थापनमा संलग्न श्रमिकहरुको स्वास्थ्य बिमा तथा खाद्य सुरक्षाको कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
* फोहोरमैला व्यवस्थापनका लागि सार्वजनिक, निजी साझेदारी कार्यक्रम संचालन गरिनेछ ।
(ग) विपद् व्यवस्थापन
* नगरस्तरीय बिपद प्रतिकार्य योजना निर्माण गरी लागु गरिनेछ ।
* भौतिक पूर्वाधारहरूको निर्माण गर्दा पूर्व जोखिम न्यूनीकरण विश्लेषण गरी कार्यान्वयन गरिनेछ ।
* विपद् व्यवस्थापनका लागि नगरस्तरीय म्ष्कबकतभच इउभचबतष्यल ऋभलतचभ स्थापना गरिनेछ ।
* विपद् व्यवस्थापनका लागि नगर तथा वडास्तरमा च्च्त् ९च्बउष्म च्भकउयलकभ त्भबm० गठन गरिनेछ ।
* विपद् व्यवस्थापनको लागि २४ सै घण्टा एम्बुलेन्स, दमकल तयारी अबस्थामा राखी तत्काल सेवा उपलब्ध गराउने नीति लिईनेछ ।
* बिपद् व्यबस्थापनका लागि नगर प्रहरी, नगर स्काउट र नगर युवा परिषद्लाई परिचालन गरिनेछ ।
* नेपाल रेडक्रस लगायतका स्वयम्सेवी संस्थाहरुसँग समन्वय गरी बिपद् व्यवस्थापनको कार्य गरिनेछ ।
६. खानेपानी व्यवस्थापन : खानेपानीको गुणस्तर र स्वच्छताः नगरपालिकाको प्रतिबद्धता
* स्थानीय खानेपानी सञ्चालक तथा वितरक समितिहरुलाई समेटी खानेपानी वितरण, उपभोग र सेवा शुल्क, दर्ता शुल्क लगायतका विविध शुल्कमाथि नियमन गरी एकरुपता कायम गर्न नगरस्तीय ‘एकीकृत खानेपानी बोर्ड’ गठन गरिनेछ ।
* स्वच्छ र स्वस्थ्य खानेपानी प्रत्येक घरमा पुर्याउन आवश्यक कार्य गरिनेछ ।
* खानेपानी स्रोतका लागि रिचार्ज प्रणाली (रिचार्ज वेल) कार्यान्वयन गर्न अनुदान दिइनेछ ।
* शिवपुरी जलाधार तथा बिष्णुमती क्षेत्रको खानेपानी मुहानलाई दीगो र विश्वसनीय व्यवस्थापनका लागि सरोकारवाला निकायहरुसहित विज्ञ परामर्श लिई सर्भे गरिनेछ र खानेपानी भण्डारण तथा वितरणको बिस्तृत योजना निर्माण गरिनेछ ।
* खानेपानीको प्राकृतिक स्रोत वा डिप बोरिङको स्रोत पहिचान गरी सम्भाव्यता अध्ययन गरिनेछ ।
* सतहमुनिको पानीको तहलाई कायम गरिराख्न नगरपालिकाभित्रका ८ फुटभन्दा कम चौंडाइका बाटोहरूमा ब्लक तथा ईटा बिच्छ्याउने कार्यलाई प्रोत्साहन गरिनेछ ।
* परम्परागत कुवा, ईनार, ढुङ्गेधारा र स्थानीय पानीको स्रोतलाई संरक्षण र व्यवस्थापन गरिनेछ ।
* मुहानपोखरीदेखि बाँसबारीसम्मको पुरानो पाईप प्रतिस्थापन गर्दै नयाँ पाईप व्यवस्थापनका लागि सम्बन्धित निकायहरुसँग सहकार्य गरिनेछ।
७. बालविकास, बालबालिका संरक्षण, सम्वर्धन : नगरपालिकाको प्रयासः बालबालिकाको सर्वागिर्ण विकास
* सुरक्षित मातृशिशु, सुरक्षित स्तनपान, सुरक्षित प्रजनन् तथा प्रसुति कार्यक्रम सञ्चालन गरिनेछ ।
* बाबुआमाको संरक्षण नभएका असहायहरूको लालनपालन र अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था मिलाइनेछ ।
* वडास्तरमा बाल क्लव गठन गरी नियमित बैठक, छलफल र नेतृत्व विकासको अभ्यास गर्दै विद्यालयमा समेत यस्ता बाल क्लबहरू गठन गर्न प्रोत्साहन गर्ने नीति लिइनेछ ।
* नगर कार्यपालिकामा बालमैत्री पुस्तकालय, बालबालिका कक्ष तथा स्तनपान कक्षको पूर्वाधारको निर्माण गरिनेछ ।
छ। बालमैत्री नगरपालिका घोषणाका सूचकहरु पालना गरी बालमैत्री नगरपालिका घोषणाका लागि वडाबाट अभियानका रुपमा संचालन गरिनेछ ।
* नगरपालिकाभित्र सञ्चालित बाल आश्रमहरू अनिवार्य रूपमा सूचिकृत हुने व्यवस्था मिलाइनेछ ।
* बालगृह तथा आश्रय केन्द्रहरूको नियमित अनुगमन, निरीक्षण गरिनेछ ।
* फरक क्षमता भएका बालबालिकाहरूको व्यवस्थापनमा जोड दिइनेछ ।
* बेवारिसे, हिंसापिडीत, टुहुरा, अपांगता भएका र असहाय बालबालिकालाई आपत्कालीन उद्दार तथा पूनस्थापनाको व्यवस्थापन गरिनेछ ।
८. भु–उपयोग नीति तथा प्राकृतिक संरचना संरक्षण
* सार्वजनिक जमिनलाई दोहन गरी भु–संरचना परिवर्तन गर्ने प्रवृति र जथाभावी प्राकृतिक संरचनालाई क्षति पु¥याउने कार्यलाई निरुत्साहित गर्ने र संरक्षण गर्ने कार्यलाई प्रोत्साहित गरिनेछ ।
* भू–उपयोगका लागि नेपाल सरकारले जारी गरेको ऐन तथा नियमावली अनुसार जमिनको वर्गीकरणका लागि आवश्यक अध्ययन गरी भू–उपयोग परिषद्मा पेश गरिनेछ ।
* भूउपयोग योजना तयार गरी लागु गरिनेछ ।
* अव्यवस्थित बसोबासी तथा सुकुम्बासीहरुको व्यवस्थापन संघीय सरकारको नीति बमोजिम गरिनेछ ।
* सबै वडामा नगर गौरबका आयोजना घोषणा गरी कार्यान्वयन गरिनेछ ।
* फोहोरमैला व्यवस्थापन, सोलार ऊर्जा र शिबपुरी जलाधार क्षेत्रको व्यवस्थापनका लागि जि टु जि मोडलमा कार्य गर्ने गरी प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरिनेछ ।
९. सुशासन र मानव स्रोत व्यवस्थापन
* नगरपालिका तथा नगरपालिकाअन्तर्गतका कार्यालयबाट प्रदान गरिने सेवालाई प्रविधिमैत्री बनाइनेछ ।
* नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीच कार्य सम्पादन करार संझौता गरिनेछ । साथै प्रमुख प्रशासकीय अधिकृत र महाशाखा प्रमुखबीच करार संझौता गरी कार्यान्वयनमा ल्याईनेछ ।
* कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कनको आधारमा पुरस्कार र दण्डको व्यवस्था गरिनेछ ।
* नगरपालिका तथा सबै वडा कार्यालयहरूमा उजुरी पेटिकाको अनिवार्य व्यवस्था गरिनेछ ।
* नगरपालिकाको मुख्य कार्यालय तथा सबै वडा कार्यालयहरूमा नागरिक सहयोगका लागि हेल्प डेस्कको प्रभावकारी सञ्चालन गरिनेछ ।
* हेल्लो बुढानीलकण्ठ डेस्कमार्फत् आम नगरवासीलाई सुसूचित हुनपाउने अधिकारको सुनिश्चितता प्रदान गरिनेछ । उपलब्ध गुनासाहरूको यथाशीघ्र सुनुवाई हुने व्यवस्था मिलाईनेछ ।
* नगरपालिकाबाट प्रवाह गरिने सेवालाई प्रभावकारी बनाउँदै जनप्रतिनिधि र कर्मचारीलाई नागरिकप्रति जिम्मेवार र जवाफदेही बनाइनेछ ।
* नगर अधिबेशन, नगर कार्यपालिकाको बैठकको निर्णय गर्ने, कार्यान्वयन गर्ने गराउने जिम्मेवारी नगर प्रमुखको रहनेछ ।
* नियमित रुपमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिनेछ ।
* उपभोक्ता समितिबाट सञ्चालित आयोजनाहरूको सामाजिक परीक्षण गर्ने कार्यलाई अनिवार्य रूपमा कार्यान्वयनमा ल्याइनेछ ।
* सेवा प्रभावकारिताका लागि विद्यमान सङ्गठन संरचनालाई इ७ः गरी पुर्नसंरचना गरिनेछ । र रिक्त दरबन्दीमा प्रदेश लोकसेवाबाट यथाश्रिघ पदपूर्तिका लागि प्रकृया अघि बढाईनेछ ।
* जनप्रतिनिधी र कर्मचारीहरुलाई क्षमता अभिबृद्धि, सूचना प्रविधि सम्बन्धी तालिम, अभिमुखिकरणको व्यवस्था गरिनेछ ।
* मुख्य प्रशासनिक भवनभित्र सार्वजनिक सेवा सञ्चालन कक्ष सञ्चालनमा ल्याईनेछ ।
* संबिधानप्रद्धत्त अधिकार कार्यान्वयनका लागि आवश्यकता अनुसार नीति तथा कानूनहरु तर्जुमा गरिनेछ । विद्यमान नीति तथा कानूनहरु आवश्यकता अनुसार संशोधन, परिमार्जन तथा पूर्नलेखन गरिनेछ ।
* नगरपालिकाले विभिन्न विषयको अध्ययन, अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनेछ । अध्ययन, अनुसन्धानबाट प्राप्त प्रतिबेदनको क्रमशः कार्यान्वयन गर्दै लगिनेछ ।
* विभिन्न क्षेत्रका विषय विज्ञहरुको रोष्टर तयार गरी आवश्यकता अनुसार विज्ञसेवा लिईनेछ ।
* नगरप्रहरी नगरको शान्ति सुव्यवस्था र संकटको साथी हुनेछन् ।
* नगरप्रहरीलाई आवश्यक शान्ति, सुरक्षा, विपद् कार्य तथा प्रतिकार्य, आपत्कालीन घटना व्यवस्थापन सम्बन्धी तालिम एवं सडक सुरक्षा, ट्राफिक सेवाको विषयमा तालिम दिइनेछ ।
* नगरपालिकाको आवश्यकता अनुरुप थप नगरप्रहरी व्यवस्था गर्न सकिनेछ ।
* विद्यमान आवधिक योजनालाई समय सापेक्ष बनाउनेगरी अद्यावधिक गरिनेछ ।
* नागरिक बडापत्रलाई प्रविधिमैत्री बनाईनेछ ।
१०. युवा, खेलकुद तथा सशक्तिकरण
* नगर युवा परिषद्लाई युवा नीति, कार्यक्रम र परिचालनका दृष्टिले सशक्त र सृजनात्मक बनाइनेछ । शारीरिक, मानसिक, वौद्धिक तथा नेतृत्व विकासका कार्यहरु गरिनेछ ।
* उद्यमशीलता, खेलकुद तथा वैज्ञानिक एवं नवप्रवर्तनात्मक कार्यमा युवाहरुलाई प्रोत्साहित गरिनेछ ।
* युवा प्रतिभाको खोजी एवं पहिचान गरी नगरपालिकाको समृद्धिमा परिचालन गरिनेछ ।
* दुव्र्यसनी/कुलत/हिंसा तथा अपराध/खराब संगत एवं गैरकानूनी क्रियाकलापका विरूद्ध सचेतना अभियानको सञ्चालन, उपचारात्मक व्यवस्थापन तथा पूनस्थापनाको कार्यमा विशेष अभियान तथा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
* नगर सरसफाई, विपद् प्रतिकार्य नगर स्वयंसेवक परिचालनमा नगर युवा परिषद् परिचालन गरिनेछ ।
* रोजगार प्रदायक र बेरोजगार युवाहरु बिच सम्बन्ध स्थापित गरी उद्यमशीलता र रोजगारी सृजनाका कार्यहरु सञ्चालन गरिनेछ । यसको लागि बैंक तथा बितिय संस्थासँग साझेदारी गरिनेछ ।
* युवा र जनप्रतिनिधि तथा युवा र परिवर्तनको पक्षधरता जस्ता उत्प्रेरणादायी कार्यक्रम सञ्चालन गरिनेछ ।
* नगरपालिकाको खेलकूद बोर्डलाई सक्रिय बनाई नगरभित्र सञ्चालन हुने खेल, खेलाडी, खेलकूदसँग सम्बन्धित कृयाकलापहरु सञ्चालन गरिनेछ ।
* सबै खेलकुदका कार्यक्रमलाई व्यवस्थित बनाई खेलकूद तथा खेलाडीको अभिलेखन गरिनेछ ।
* नगरपालिका भित्रका राष्ट्रिय अन्तराष्ट्रिय पदकधारी खेलाडीहरूलाई सम्मान गरिनेछ ।
* खेल पूर्वाधारहरूको विकास तथा विस्तार एवम् खेलाडी उत्पादनमा जोड दिइनेछ ।
* राष्ट्रपति रनिङ शिल्ड कार्यक्रम लगायत नगरपालिकाभरिका खेल तथा खेलाडीहरुको पहिचान तथा उत्प्रेरणाका लागि बुढानीलकण्ठ नगर शिल्ड खेलकूदको आयोजना गरिनेछ ।
* राष्ट्रिय अन्तराष्ट्रिय, क्षेत्रीय पदक जितेर उत्कृष्ट खेलाडीको पहिचान बनाएका र योग्य एवम् क्षमतावान् खेलाडीको रुपमा स्थापित भएका विपन्न एवम् आर्थिक स्रोत अत्यन्तै कमजोर भएका खेलाडीलाई प्रोत्साहन स्वरुप खेलकूद प्रतियोगितामा भाग लिन सहयोग गरिनेछ ।
* खेलाडी र प्रशिक्षकहरु सम्मिलित गराएर खेलकूदको उत्थान, विकास र उत्प्रेरणाका विषयमा छलफल, अन्तरक्रिया गरिनेछ ।
* नगरपालिकाभित्र निर्माणाधीन ह्याण्डबल ग्राउण्ड, धनेश्वर फुटबल ग्राउण्ड, सुर्बण समशेर क्रिकेट मैदान लगायतका फूटबल मैदान, क्रिकेट मैदान, गोल्फुटार फुटबल तथा बास्केटबाल, गाम्चा फुटबल ग्राउण्ड, च्यासिण्डोल कभर्ड हल लगायतका सम्भाब्यता अध्ययन गरी आवश्यक पहल गरिनेछ ।
१२. राजश्व परिचालन ः
* वैज्ञानिक तथा प्रगतिशिल कर प्रणाली अवलम्बन गरिनेछ ।
* नगरपालिकाको राजस्व सुधार कार्ययोजना अद्यावधिक गरी कार्यान्वयन गरिनेछ ।
* करदाताहरूको तथ्याङ्क सङ्कलन गरी विद्युतीय माध्यमद्वारा डिजिटल प्रणालीमा अद्यावधिक गरिनेछ ।
* विद्युतीय प्रणालीबाट राजस्व असुली गर्ने व्यवस्था मिलाईनेछ ।
* राजस्व प्रशासनलाई प्रभावकारी, पारदर्शी, वैज्ञानिक, प्रविधिमैत्री तथा करदातामैत्री बनाउन आवश्यक प्रबन्ध मिलाईनेछ ।
* नगरपालिकाको आय वृद्धि गर्ने सम्भावना भएका नयाँ क्षेत्र तथा स्रोतहरूको पहिचान गरी करको दायरा बिस्तार गरिनेछ ।
* सहरको सौन्दर्यतालाई ध्यानमा राखी विज्ञापन करलाई व्यवस्थित गरिनेछ ।
* राजस्व चुहावट तथा नियन्त्रणका लागि अनुगमन टोली गठन गरी परिचालन गरिनेछ ।
* कर सम्बन्धी जागरण अभिबृद्धि गर्न करदाता शिक्षा र सचेतनालाई प्रभावकारी बनाईनेछ ।
* राजस्व सङ्कलनको दायरा बढाउन तथा करदाताको सहजता र पहुँच अभिवृद्धि गर्नका लागि घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ ।
* करदातालाई नगरपालिकामा तिर्नुपर्ने करको विषयमा कुनै द्धिविधा तथा असहजता भएमा प्रत्यक्ष सम्पर्क गरी गुनासो सुन्ने, आवश्यक सूचना उपलब्ध गराउने र कर बुझाउन सहजीकरण गर्ने जस्ता कार्यका लागि करदाता सहायता कक्षको व्यवस्थापन गरिनेछ ।
* नगरपालिकाबाट लिईने सेवाका लागि सम्बन्धित नागरिकले अनिबार्य रुपमा गत बर्षको कर चुक्ता गरेको हुनुपर्नेछ ।
* करको वर्गीकरणसँगै करदाताको वर्गीकरण गरि उत्कृष्ट र इमान्दार करदातालाई प्रोत्साहन गरिनेछ ।
* नगरबासीलाई करको दायरामा ल्याई करदाता शिक्षा, पूर्वतयारी, अनुमान तथा अभिलेख प्रणालीलाई प्रभावकारी बनाइनेछ ।
१३. अनुगमन, मूल्याङ्कन
* वडास्तरीय अनुगमन समितिहरुलाई पूर्ण सक्रिय बनाइनेछ ।
* आयोजना प्रस्ताव तथा छनौट, योजनाको फिल्ड, योजनाको सम्झौता तथा कार्यान्वयन, योजनाको अनुगमन एवम् भुक्तानी प्रक्रियाको विषयमा सम्पूर्ण उपभोक्ता समिति, टोल विकास संस्थाहरुलाई प्रशिक्षण दिइनेछ ।
* बोलपत्र, टेण्डर परेका तथा सूचिकृत संघसंस्थाहरुलाई पनि योजना कार्यान्वयन प्रक्रिया र नगरपालिकासँग निकटतम समन्वयकारी भूमिका निर्वाहका विषयमा अन्तरक्रिया, प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ ।
* प्रदेश र सङ्घीय सरकारबाट सञ्चालित योजना र कार्यक्रमहरूको अनुगमन, मूल्याङ्कन सहजीकरणको लागि संयन्त्र बनाइनेछ ।
* सम्पन्न भएका योजनाहरूको मर्मत सम्भार र संरक्षणको जिम्मेवारी सहित भुक्तानी र योजनाको हस्तान्तरण गरिनेछ ।
* योजनाहरूको डिजिटलाइज्ड अभिलेखीकरण गरिनेछ ।
* योजना अनुगमनलाई व्यवहारिक बनाउन वडास्तरीय अनुगमन समितिलाई योजना छनौट देखि फरफारकसम्म सक्रिय बनाइनेछ ।
* नगरस्तरीय योजना अनुगमनलाई योजना कार्यान्वयनको सुरुवातदेखि नै सक्रिय बनाईनेछ ।
* अनुगमन समितिका सदस्यहरूको उच्च मनोबल तथा नयाँ अनुभव एवम् ज्ञान लिनका लागि अन्तरपालिका अनुगमन समितिहरुबिच एवं आवश्यक निकाय तथा विज्ञहरुबिच छलफल बैठक तथा भ्रमणको व्यवस्थापन गरिनेछ ।
* अनुगमन समितिलाई अनुगमनका क्रममा आवश्यक स्रोतसाधन, सुरक्षा एवम् सुविधाको उपलब्धता गराइनेछ ।
* प्राविधिक लागत अनुमान बमोजिम संझौता भई स्थलगत रुपमा सञ्चालन भएको आयोजनाको मूल्याङ्कन गर्दा फरक किसिमको परिमाण र गुणस्तर भएमा भुक्तानी दिन वाध्य हुनु नपर्ने नीति लिइनेछ ।
* सम्पन्न आयोजनाको परिणाम, नतिजा र प्रभाब सम्बन्धी कार्यमा आवश्यकतानुसार तेश्रो पक्षबाट पनि मूल्याङ्कन गराईने व्यवस्था गरिनेछ ।
* सम्झौता नभई सञ्चालन हुने कुनैपनि विकास निर्माण कार्यको अनुगमन एवं भुक्तानी दिईने छैन ।
* आयोजना कार्यान्वयनकै क्रममा अनिबार्य रुपमा निरन्तर प्राविधिक अनुगमन गरिनेछ ।
* अनुगमन मूल्याङ्कनबाट प्राप्त प्रतिबेदनलाई जानकारीका लागि कार्यपालिकामा पेश गर्ने व्यवस्था मिलाईनेछ र वेभसाईट मार्फत सार्वजनिक गरिनेछ ।
* प्राथमिकतासाथ बजार अनुगमन कार्यलाई नियमित रुपमा अगाडि बढाईनेछ । यसका लागि आवश्यक स्रोत, साधनको व्यवस्था गरिनेछ । साथै आवश्यकतानुसार विषय विज्ञहरुको संलग्नता गराईनेछ ।
१४. श्रम डेस्क
* नगरपालिकामा सञ्चालित श्रम डेस्कलाई सहज, सूचनामैत्री र जिम्मेवारपूर्ण बनाइनेछ ।
* सबै प्रकारका रोजगारमा आवद्ध श्रमिकहरूलाई पञ्जिकरण (सूचीकृत) गर्न आव्हान गरिनेछ ।
* श्रम सूचिकृत प्रणालीलाई डिजिटलाइज्ड गरिनेछ ।
* श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रम सुचारु गरिनेछ ।
* नगरपालिकामा सूचीकृत श्रमिकहरुको वर्गीकरण गरी व्यवस्थित अभिलेख राखिनेछ ।
* सूचीकृत श्रमिकहरुको हक, हित, कानूनी संरक्षणको सहजीकरण गरिनेछ ।
* श्रमको सिप, मर्यादा, जोखिम र प्रशासनिक तथा कानूनी संरक्षणका विषयमा समय समयमा अनुशिक्षण, अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।
* सडक व्यापार गर्दै जीविकोपार्जन गरिरहेका श्रमिकहरुको श्रमको जोखिमलाई सम्बोधन गर्न निश्चित स्थान र परिचय पत्र जारी गरी व्यवस्थापन गरिनेछ ।
* स्थानीय बजार व्यवस्थापनमा खुल्ला हाटबजार वा विक्री प्रवद्र्धन केन्द्रको व्यवस्था गरिनेछ ।
* सिप तथा श्रमको खपत् नगरपालिकाभित्रै हुने नीति अवलम्बन गरिनेछ ।
* श्रम क्षेत्रमा विशेष आवश्यक विषयगत जनशक्ति तयार गरिनेछ ।
* संरक्षण गर्नुपर्ने विशिष्ट कला तथा सिपका कार्यलाई तालिम दिई संरक्षण तथा सिपको हस्तान्तरण एवं स्वरोजगार सृजना गरिनेछ ।
* नगरपालिकाभित्रका उद्योग, कलकारखाना तथा व्यावसायिक संघसंस्थामा कार्यरत श्रमिकहरुको अवस्थाको अनुगमन गरिनेछ ।
* श्रम ऐन तथा कानूनको पालना एवं कार्यान्वयनमा जोड दिइनेछ ।
* गृह श्रमिक महिलाहरुको पहिचान गरी आवश्यक सिप, प्रविधि एवं उत्पादनलाई बजारिकरण गरिनेछ ।
* श्रम शोषण हुन नदिने नीति लिइनेछ ।
१५. बसपार्क तथा पार्किङ व्यवस्थापन
* सार्वजनिक भाडाका बसहरूलाई निश्चित ठाउँमा रोक्ने व्यवस्था गरी चढाउने र ओराल्ने व्यवस्था मिलाइनेछ ।
* उचित स्थानमा सार्वजनिक बसपार्क निर्माण तथा पार्किङको व्यवस्थापन गरिनेछ ।
* नगर भित्र सार्वजनिक, निजी साझेदारीमा सार्वजनिक यातायात व्यवस्थापन तथा सञ्चालनका लागि सम्भाब्यता अध्ययन गरिनेछ ।
* ट्राफिक प्रहरीसँग समन्वय गरी सडक सुरक्षा सम्बन्धी जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१६. सूचना प्रविधि तथा सञ्चार
* यस वर्षभित्र पुरानो घरनक्सा सहितको प्रत्येक घरको अभिलेख फायल विद्युतीय अभिलेख गरिनेछ ।
* राजस्व सहित सबै प्रकारको भुक्तानी अनलाइन प्रणालीबाट गरिनेछ ।
* नगरपालिकाभित्रका कार्यहरुलाई पारदर्शी, प्रविधिमैत्री बनाउन ःक्ष्क् क्थकतझ लागू गरिनेछ । प्रणालीमा सबै कर्मचारीलाई सहज बनाउनेगरी प्रविधिमैत्री तालिम दिइनेछ ।
* हेल्लो बुढानीलकण्ठ कक्ष, श्रम डेस्कको सूचना तथा प्रविधिमा पहुँच, स्रोत साधन एवं सेवाग्राहीसँग सहज पहुँच स्थापना हुने गरी स्तरीकरण गरिनेछ ।
* नगरबासीहरुको डिजिटल प्रोफाइल तयार गरिनेछ ।
* विद्यालयमा प्रविधि शिक्षा, शिक्षालयहरुको डिजिटलाइज्ड अभिलेख, संघसंस्थाहरुको डिजिटलाइज्ड अभिलेख, योजना सम्झौता तथा अनुगमन, न्यायिक समितिको काम, कारवाहीको डिजिटलाइज्ड व्यवस्थापन गरिनेछ ।
* श्रम बजार तथा रोजगार व्यवस्थापन सम्बन्धी छुट्टै पोर्टल सञ्चालन गरिनेछ ।
* पर्यटन क्षेत्रको प्रचारप्रसार एवं नगरपालिकाको ब्राण्डिङ तथा आगामी वर्ष पर्यटन वर्ष मनाउने कार्यको लागि छुट्टै वेभसाइट बनाइनेछ ।
* मोबाईलमा सरकारको अबधारणा कार्यान्वयन गर्न बुढानीलकण्ठ एप्स संचालनमा ल्याईनेछ ।
* जनप्रतिनिधि, कर्मचारी तथा समुदायस्तरमा सूचना प्रविधि साक्षरता तालिम तथा अनुशिक्षण एवं अभ्यासका कार्यक्रम निरन्तर सञ्चालन गरी प्रविधिमैत्री नगरपालिका निर्माणमा विशेष प्राथमिकता दिइनेछ ।
* बुढानीलकण्ठ न्यूज डेस्कलाई छिटोछरितो, विश्वसनिय र आधुनिक स्रोतसाधन सम्पन्न बनाइनेछ ।
* स्थानीय सञ्चारकर्मीहरु सम्मिलित सञ्चारग्रामको व्यवस्थापन गरिनेछ । श्रमजीवि सञ्चारकर्मीहरुलाई आवश्यकतानुसार तालिम तथा अध्ययन, अनुसन्धानमा सहभागी गराइनेछ ।
* नगरपालिका र अन्तरगतका कार्यालयको वेभसाइट, न्यूजपोर्टल र सामाजिक सञ्जाललाई रचनात्मक एवं क्रियाशील बनाइनेछ ।
* नगरपालिकाको कार्यालयसँग वडा कार्यालय, सामुदायिक बिद्यालय, स्वास्थ्य कार्यालयहरुबाट भएका कृयाकलापहरुको लेखांकन, खर्च अभिलेख लगायतका तथ्यांकमा सफ्टवेयरको माध्यमबाट व्यवस्थित गरिनेछ ।
* सुचना प्रबिधि सम्बन्धी साईबर क्राईम नियन्त्रणको लागि नीति ल्याईनेछ ।
* नगरपालिका सञ्चारमैत्री हुनेछ ।
१७. न्यायिक समिति
* न्यायिक समितिलाई संविधानको मर्म अनुरुप स्थानीय सरकारको स्वच्छ, पारदर्शी र अधिकार सम्पन्न बनाईनेछ ।
* न्यायिक कार्यसम्पादनलाई विश्वसनीय, प्रभावकारी र जवाफदेही बनाउन छिटोछरितो र प्रविधिमैत्री सेवा सुचारु गरिनेछ ।
* असहाय, बेसहारा, अभिभावकविहिन तथा विपन्नलाई निःशुल्क कानूनी सहायता प्रदान गरिनेछ ।
* . जनप्रतिनिधि तथा कर्मचारी एवं विभिन्न लक्षित समुदायका बिच कानूनी साक्षरता, न्यायिक समितिको काम तथा उत्तरदायित्व, मेलमिलापका विषय एवं आवश्यकताका सम्बन्धमा तालिम सञ्चालन गरिनेछ ।
* मेलमिलापकर्तालाई आधारभूत तथा पूनर्ताजगी तालिम सञ्चालन गरिनेछ ।
* न्यायिक समितिको अनुभव तथा असल अभ्यासहरुको आदानप्रदानका लागि अध्ययन भ्रमणको व्यवस्था मिलाईनेछ ।
* बहिरा (अपाङ्गता) को हकमा न्यायिक कार्य सम्पादनका क्रममा दोभाषेको माध्यम उपयोग गरिनेछ ।
* प्रत्येक ईजलास तथा उजुरीहरुको र न्यायिक कार्य सम्पादनको व्यवस्थित फायल तथा डिजिटल अभिलेख, प्रत्येक ६ महिनामा समीक्षा एवम् प्रत्येक वर्ष कार्यप्रगति प्रतिवेदन सार्वजनिक गरिनेछ ।
* न्यायिक कार्य सम्पादनका क्रममा बयान लिनुपर्ने, बकपत्र गर्नुपर्ने, घटनाप्रति आस्था जगाएर विश्वस्त प्रमाणहरु लिनुपर्ने भएकोले पूर्ण सुरक्षा र गोपनियता सहितको अभिलेख राख्नका लागि छुट्टै साधनस्रोत सहितको ‘न्यायिक सूचना तथा सञ्चार सेवा’ व्यवस्थापन गरिनेछ ।
* नयाँ ऐन तथा कानून निर्माण तथा कार्यान्वयनका लागि जनप्रतिनिधि तथा कर्मचारीलाई तालिमको व्यवस्था गरिनेछ ।
समाप्त

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१