‘कांग्रेस-एमाले मिल्ने सुनेको छु, सभापति देउवा हुञ्जेल पार्टीबाट कोही प्रधानमन्त्री हुँदैन’ : कोइराला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०८०, मंगलवार ०५:४३

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्ने कुरा सुनेको बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै डा कोइरालाले नयाँ सरकार गठनका लागि कांग्रेस र एमाले मिल्ने कुरा आफूले सुनेको र पार्टी सभापतिमा शेरबहादुर देउवा हुञ्जेल पार्टीबाट कोही प्रधानमन्त्री नहुने दाबी गरे।

उनले भने, ‘सभापति देउवा हुञ्जेलसम्म पार्टीबाट अर्को कोही पनि व्यक्ति प्रधानमन्त्री बन्न सक्दैन। मैले पत्रपत्रिकमा हेरेको सम्भवत: कांग्रेस-एमाले मिल्नेजस्तो पनि छ भन्ने सुनेको छु। तर, सत्य कति हो मलाई थाहा छैन। शेरबहादुर दाइसँग कुरा नगरी सत्य थाहा हुँदैन।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१