नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन दिइने छैन : परराष्ट्रमन्त्री नारायणप्रकाश साउद

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०८०, मंगलवार ०५:४१

काठमाडौं। परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन नदिने प्रतिबद्धता जनाएका छन्।

विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपालको एक इन्च भूमि पनि अतिक्रमण हुन नदिने गरी सीमा समस्या आपसी समझदारीमा समाधान गर्ने सहमति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा भएको जानकारी दिए।

प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको सम्बन्ध अघि बढाउन फलदायी भएको मन्त्री साउदले सुनाए। उनका अनुसार भ्रमणका क्रममा दीर्घकालीन ऊर्जा व्यापार सम्झौतामा प्रारम्भिक हस्ताक्षर भएको थियो। भ्रमणका अवसरमा पाँच सय ५६ मेघावाटको माथिल्लो तामाकोशीको विद्युत् भारतमा निर्यातका लागि भारतसँग छलफल भएको छ।

आन्तरिक विद्युत् खपत गर्ने नीति सरकारले लिएको उल्लेख गर्दै भारत भ्रमणमा निजी क्षेत्रका अधिकारीहरु निजी खर्चमा गएको पनि मन्त्री साउदले स्पष्ट पारे। सरकारी सञ्चारमाध्यमसहित सरकारी प्रतिनिधिमण्डलको भ्रमण खर्च सरकारले ब्यहोरेको पनि उनले संसद्मा जानकारी गराए।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई गतिशील बनाउन सरकार लागिपरेको उल्लेख गर्दै सार्क संयन्त्रलाई सर्वसम्मतिले चलाउनुपर्ने व्यवस्था रहेकामा सहमति नभएकाले नै प्रक्रिया अघि बढ्न नसकेको मन्त्री साउदले बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१