सन्दीपविरूद्धको मुद्दामा पीडितलाई १ लाख क्षतिपूर्ति दिन आदेश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ असार २०८०, मंगलवार ०५:३२

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले गौशाला-२६ लाई क्षतिपूर्ति दिन आदेश दिएको छ।

सोमबार काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला-२६ लाई राहातस्वरूप १ लाख क्षतिपूर्ति दिन आदेश दिएको हो।

जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले जाहेरीकर्ता गौशाला-२६ लाई राहातस्वरूप सरकारी कोषबाट १ लाख क्षतिपूर्ति दिन आदेश दिएको हो।

तर, जाहेरीकर्ता गौशाला-२६ ले लामिछानेबाट १० लाख र मासिक ५० हजार भरणपोषण खर्च मागेकी थिइन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१