दूध विकासको निम्ति मुर्रा राँगा ल्याउन लागिएको हो : मन्त्री भुसाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०८०, सोमबार ०५:२३

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दूध विकासको लागि मुर्रा राँगा ल्याउन लागिएको दाबी गरेका छन्। आइतबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले दूध विकासको लागि मुर्रा ल्याउन लागिएको दाबी गरेका हुन्।

उनले भने, ‘दुग्धविकास बोर्ड खारेज विषयमा आत्तिहाल्नुपर्ने, दुःखी हुनुपर्ने अवस्था देख्दिन। सरकारले कुनै न कुनै हिसावले व्यवस्थापन गर्छ। व्यवस्थापन गर्ने विषयमा सबैसँग छलफल भइरहेको छ। मन्त्रालयको प्रस्तावमा खारेज भएको होइन। खर्च कटौती आयोगले गरेको सिफारिसका आधारमा भएको छ। दूध विकासको निम्ति मुर्रा राँगा ल्याउन लागेको हो। कामको हिसाबले भन्ने हो भने दुग्ध विकास बोर्डले गरेको कामसँग सरकार सन्तुष्ट छैन। बोर्ड जसरी जे गर्ने भनेर स्थापना गरिएको थियो। त्यो अनुसार काम भएको छैन। सरकारले बोर्ड पुनर्संरचना गर्न खोजेको मात्रै हो। दूध विकासबाट हात धुन सरकारले खोजेको होइन। दूध विकासको पक्षमा सरकार छ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख २१, २०८१