कांग्रेस अब सरकारमा बस्नुको औचित्य छैन, प्रतिपक्षमा बस्नुपर्छ : प्रदीप पौडेल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ असार २०८०, सोमबार ०५:१४

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद प्रदीप पौडेलले कांग्रेस तीनै तहको सरकारमा रहेपनि राम्रो काम गर्न नसकेको टिप्पणी गरेका छन् । उनले अब पार्टी सरकारमा बस्नुको औचित्य नभएको बताए ।

प्राइम टिभीबाट प्रसारण हुने ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘कांग्रेस अब सरकारमा बस्नुको औचित्य छैन् । सरकारमा बस्ने औचित्य सिद्दियो ।’ उनले पार्टी अब प्रतिपक्षमा बस्नुपर्ने धारणा राखेका छन् ।

उनले थपे,‘हाम्रो पार्टी तीनै तहको सरकारमा छ, स्थानीय तह, प्रदेशदेखि संघीय सरकारमा हाम्रो पार्टीको जबरजस्त उपस्थिति छ । तर, कांग्रेसका मन्त्रीहरुको राम्रो पर्फर्मेन्स देखिएन । स्थानीय तहमा पनि देखिएन । सरकारमा रहने नेतृत्वकर्ता असफल भएको देखियो ।’

सो क्रममा उनले अहिले एमालेसँग मिलेर सरकार बनाउनेबारे किन मिल्ने भन्नेबारे खाका प्रष्ट पारिनुपर्ने बताए । उनले भनेका छन–‘एमालेसँग किन मिल्ने भन्नेबारे अहिले नै सूत्रवद्ध कुरा बाहिर आउनुपर्छ । एउटा स्पष्ट रोडम्याप चाहिन्छ । बरु, कांग्रेस प्रतिपक्षमा बस्दा राम्रो हुन्छ । सरकारमा गएर काम छैन् ।’ उनले आफ्नो तर्फबाट अब पार्टीबाट महामन्त्री गगन थापा प्रधानमन्त्रीको उम्मेदवार भएको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१