नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने देशको संख्या १८० पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० असार २०८०, आईतवार ०५:३१

काठमाडौं । नेपाल र गणतन्त्र क्यामरुनबीच कूटनीतिमक सम्बन्ध कायम भएको छ ।

२२ जुन २०२३ मा क्यामरुनसँग दौत्य सम्बन्ध कायम भएसँगै नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने मूलुकको संख्या १८० पुगेको छ ।

बिहीबार अमेरिकामा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि अमृत राई र क्यामरुनका प्रतिनिधि माइकेल तिमो मोन्थेले एक सम्झौतामा हस्ताक्षर गरेर दुई देशको कूटनीतिक सम्बन्धको प्रारम्भ गरेका हुन् ।

संयुक्त राष्ट्रसंघमा हाल १९३ देश सदस्य रहेका छन् । नेपाल पनि सयुक्त राष्ट्रसंघको एक महत्वपूर्ण सदस्य राष्ट्र हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१