ढाडको नशा च्याप्पिने समस्या के हो ? कसरी गर्ने उपचार ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०८०, शुक्रबार १९:२२

सविता सिंह ठकुरी : ढाडको नशा च्याप्पिनु भनेको अहिलेको समयमा धेरै मात्रामा देखिने समस्या हो । आज/भोलि जवान मानिसहरुमा पनि यो समस्या देखिने गरेको पाइन्छ । ढाडको नशा च्याप्पिने प्रमुख कारण भनेको मोटरसाइकलमा यात्रा गर्दा देखिने गर्दछ । मोटरसाइकलमा यात्रा गर्दा बाटो तलमाथि भएको कारण बाटोको खराबीको कारणले उफ्रिदा मानिसहरुको ढाड लच्किने गर्दछ । जति धेरै उफ्रियो त्यती धेरै नशा च्याप्पिने समस्या देखिन्छ । गाउँघरमा बढि वा गहै काम गर्नाले, रुखबाट लडेर नशा च्याप्पिने समस्या देखिन्छ । यसको लक्षण भनेको सुरुसरुमा ढाड, कम्मरको बिचको भागमा बढि दुख्ने गर्दछ । ढाड दुख्न कम भएतापनि हातखुट्टा भने दुखिरहने भएको हुन्छ ।

कतिपय बिरामीहरुले चिकित्सक कहाँ चेकजाँच गर्दा ढाड दुख्दैन तर हातखुट्टा दुख्छ भनी बताउछन् । तर, बिरामीको एमआरआई जाँच गरेर हेर्दा नशा च्याप्पिएको समस्या देखिएको हुन्छ । यो किन हुन्छ भने नशाको जरा नर्भ रुट कम्मरमा हुन्छ र कम्मरबाट दायाँबायाँ दुवैतिर हुँदै खट्टासम्म पुगेको हुन्छ । यसरी कम्मरमा नशाको जरा च्याप्पिएपछि त्यो नशा जहाँसम्म पुग्छ त्यहाँसम्म नशाको दुखाई हुने गर्दछ । त्यसले गर्दा ढाडमा, कम्मरमा नशा च्याप्पिएतापनि यसले दुखाई गर्ने भनेको कम्मर र खुट्टाहरुमा बढि दुख्ने गर्छ । नशा च्याप्पिने समस्याको उपचार गरेपनि कैयौं मानिसहरुलाई ठिक नहुने गर्दछ । यसको उपचार पछि चिकित्सकको सल्लाह सुझाब र आफ्नो शरीरको ख्याल राख्नाले समयमै ठिक हुने गर्दछ ।

यसको उपचारको कुरा गर्दा सामान्य देखी लिएर जटिल उपचार पनि रहेका छन् । सामान्यतया सुरुसुरुको अवस्थामा हामी सजिलो उपायबाट उपचार गर्छौं । कसैको नशा धेरै च्याप्एिको छैन भने औषधीबाट नै उपचार गरिन्छ । यसको उपचार औषधी र सुइको प्रयोग गरेर पनि गर्न सकिन्छ । यति गर्दापनि ठिक भएनभने फिजियोथेरापी गरी उपचार गर्न सकिन्छ । अरु औषधीले नशालाई बलियो बनाउने र दुखाई कम गर्ने काम गर्छ भने फिजियोथेरापीले नशालाई खुकुलो पार्ने काम गर्दछ ।

फिजियोथेरापीले सबै मानिसको च्याप्पिएको नशा ठिक पार्न पनि सक्छ र नपार्नपनि सक्छ । त्यसैले फिजियोथेरापी गर्दा आराम गर्नुपर्छ । त्यसैले आफूलेपनि ध्यान दिन जरुरी हुन्छ । फिजियोथेरापीले नशा च्याप्पिएको ठिक भएन भने अन्तमा अप्रेशन गर्नुपर्दछ । अप्रेशन गर्नु भनेको जटिल उपचार हो । अप्रेशन सहज तरिकाले गरिने भएकोले यसमा डराउनुपर्ने कुनै अवस्था हुँदैन । त्यसैले यी उपचारहरु बिरामीको अवस्था हेरी गर्नुपर्दछ । https://www.spinesolutionsfl.com

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१