बुढानीलकण्ठ नगरपालिका वडा नम्बर दशको वडा प्रोफाइल सार्वजानिक

evccfn@gmail.com' rastriyakhabar
८ असार २०८०, शुक्रबार १२:४०

बुढानीलकण्ठ नगरपालिका वडा नम्बर दशभित्र यो बर्ष गरिएका बिकासका काम तथा भावि योजना सहितको वडा प्रोफाईल सार्वजानिक भएको छ ।
वडा प्रोफाईलमा स्थानियको भावना देखि जनप्रतिनिधिहरुको लगनशिलता समेतलाई देखाउन खोजिएको छ ।
यो वडा प्रोफाईल बुढानीलकण्ठ नगरपालिका वडा नम्बर दशको सहकार्यमा वेवबैंक नेपालले तयार गरेको हो ।
हेरौ के के समेटिएका छन् त यो प्रोफाईलमा
स्थानिय जनता संग स्थानिय सरकार , आम नागरिकका दुःख सुखमा जनप्रतिनिधि भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै अगाडी बढेको एउटा उदहारणिय वडा बनेको छ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर दश ।
साबिक कपन गाबिसलाई तिनवटा वडामा बिभाजन गर्दा कपन मिलन चोक, धोबिखोला करीडोर ,आकाशेधारा ,बालुवाखानी,साँप्रे ढुंगा लगायतका स्थान मिलाएर वडा नम्बर १० को भौगालिक संरचना खडा गरिएको छ ।
यो वडा जनसंख्याको हिसाबमा बुढानीलकण्ठ नगरपालिकाकै सभन्दा बढी जनसंख्या भएको वडा हो ।
वडाकार्यालयको तथ्यांक अनुसार यो वडामा ९३५३ घरधुरी तथा ३३६२३ जनसंख्या रहेको छ ।
अर्को रोचक कुरा त यो वडामा नेपालका ७७ जिल्ला मध्य अधिकांश जिल्लाबाट आएका मानिसहरुको बसोबास रहेको छ ।
आफ्नैनिजि भवन बनाउन टेन्डर प्रकृयामा गईसकेको वडा कार्यालय हालभने कपन साहित्यीक समाजको भवन ह््याण्डबल ग्राउण्ड नजिकै रहेको छ ।
आमनागरिकको दुःख सुख र बिकास निर्माणको काममा एकढिक्का भएर उभिएकै कारण २०७४ सालमा निर्वाचित टिमनै यस वडामा पुन निर्वाचित भएर आएको छ ।
२०८९को स्थानिय निर्वाचन बाट निर्वाचित यो टिम अहिले पुराना अधुरा काम पुरा गर्ने तथा नयाँ योजना बनाएर लागुगर्ने काममा दत्तचित्त भएर लागिरहेको छ ।
बुढानीलकण्ठ नगरपालिकाको गौरवको योजनाको रुपमा रहेको ह्याण्डबल ग्राउण्ड खेलमैदान निर्माणको पचास प्रतिशत काम सम्पन्न भई १ बर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्यकासाथ अगाडी बढी रहेको छ ।
करिब १३ रोपनी क्षेत्रफलमा फैलिएको यो योजना सम्पन्न भएपछि वडा नम्बर १० लाई खेलकुद हबको रुपमा बिकास गर्दै खेल पर्यटन मार्फत वडालाई संमृद्ध बनाउन कोशेढुंगा साबित हुने छ ।
भौतिक पुर्वाधार अन्तरगत यो वडाले सडक ढलान ,पिच ,ब्लक लगाउने दल र ढुंगा बिछ्याउने ढल ब्यवस्थापन गर्ने जस्ताकामलाई टोल तथा नागरिकहरुको आवश्यकताको आधारमा अगाडी बढाएको छ ।

 

 


श्री टोलको बाटो ढलान ,पारिजात टोलको बाटो ढलान , शिवशक्ति टोलको ढल ब्यवस्थापन , भाजुविर मार्ग ढलान,सुर्योदय टोलको २ वटा बाटो ढलान , सिन्धुमार्गको बाटो ढलान,धारापाखामा वाल लगाउने कार्य ,फुलवारी टोलमा ढल ब्यवस्थापन ,रुद्रमति टोल क्षेत्रमा ढल मर्मत ,ढलान तथा ढुंगा बिछ्याउने कार्य , बिष्णु लक्ष्मि टोलमा ढलमर्मत तथा ढलान , आशिर्वाद कोलनिमा बाटो ढलान ,बेख हाईटमा ढलमर्मत तथा ग्रावेल गर्ने काम ,मनकामना टोलमा ढलान गर्ने तयारी , आकाशेधाराबाट राममन्दिर जानेबाटो छेउको बाटो पिच , मरवाल टोलमा ढल मर्मत ढलान तथा ब्लक बिछ्याउने काम , बालुवाखानि नजिकै ढल मर्मत तथा ढुंगा छाप्ने कार्य , ज्योतिनगर क्षेत्रमा पिच , भैरव टोलमा पिच लगायतका कार्यहरु वडाले योबर्ष गरेका भौतिक पुर्वाधार बिकासको महत्वपुर्ण भुमिकाको रुपमा लि सकिन्छ ।
सानो पानि पर्दा पनि डुबान हुने यो क्षेत्रको समस्यालाई समाधान गर्न बृहत योजनाको रुपमा रहेको आनिगुम्बा देखी साततले धोबिखोला सम्म जोड्ने कल्बट निर्माण्को कार्य यो वडा अन्तरगत पनि बिभिन्न ठाउँहरुमा भई रहेको छ । यो योजना सम्पन्न भएपछि यस क्षेत्रका बासिन्दाहरुले बर्षेनि भोग्दै आएको डुबानको समस्या भोग्नु नपर्ने आसमा स्थानियहरु बसिरहेका छन् ।
यो वडालाई खानेपानि सहजरुपमा पुर्ति गर्नको लागि जोरधारा खानेपानि संरक्षण संस्था मार्फत कार्य गरिदै आएको छ ।
जोरधारामा बोरिङ गरेर खानेपानि निकालेर बुढानीलकण्ठ वडा नम्बर १० ,११ र १२ का १००० घरधुरीलाई शुद्ध खानेपानिको प्रवन्ध मिलाईएको छ ।
करिब ४ लाखलिटरको पानि ट्याङ्की बनाएर पानि वितरण गर्ने गरिएको छ ।
यहाँ निकट भविश्यमै महांकाल बृहत खानेपानि तथा मेलम्चि खानेपानिको पानि समेत जोडेर वडाबासीहरुलाई खानेपानिको स्ुबिधा दिने समेत योजना रहेको छ ।


शैक्षिक संस्थाको रुपमा यो वडामा ३ वटा सामुदायिक बिद्यालय तथा एउटा बहुमुखी क्याम्पस रहेको छ ।
कपन बहुमुखी क्याम्पस यो वडालाई शैक्षिहबको रुपमा बिकास गर्न सक्ने महत्वपुर्ण सम्भावना बोकेर बसेको शैक्षिक संस्था हो । यो क्याम्पसलाई श्रोत साधनले सम्पन्न र वडाकार्यालयको बिशेष पहलमा नगरपालिकाले समेच चासो देखाई रहेको छ ।
करिब ५०० जना बिद्यार्थि अध्ययनरत यो क्याम्पसमा २५ करोडको लागतमा सुबिधा सम्पन्न भवन तथा श्रोत र साधनको ब्यवस्था गर्ने डिपिआर तयार भएको छ भने ११ करोडको लगानीमा कार्यभई रहेको छ ।
निकट भबिस्यमानै यो क्याम्पसलाई बुढानीलकण्ठ नगरपालिकाले आफ्नो स्वामित्वमा ल्याउनको लागि आवश्यक प्रकृया अगाडी बढाई सकेको छ ।
बुढानीलकण्ठ नगरपालिका को मात्र नभएर नेपालकै उत्कृष्ट बिद्यालय अन्तरगत मध्य पर्ने बाल उद्धार माध्यमिक बिद्यालय यो वडाको शैक्षिक सानको रुपमा उभिएको छ ।
उपल्लो सरकारको सहयोग र लगानीमा बिद्यालयको भौतिक संरचना निर्माण भईरहेका छन् भने वडा र नगरपालिकाले समेत यो बिद्यालयलाई अगाडी बढाउन आवश्यक सहयोग गरिरहेको छ ।
१५७२ बिद्यार्थि रहेको यो बिद्यालयमा २ जना चिनिया र ५१ जना भारतिय बिद्यार्थिहरुले अध्ययन गर्ने गरेका छन् ।
बिद्यालयमा स्वच्छ खानेकुराको प्रवन्ध मिलाउने क्यान्टिन देखि बच्चाहरुको लागि खेल सामाग्री समेतको ब्यवस्था मिलाईएको छ ।
साँप्रे ढुंगामा रहेको नेपाल चार्टर स्कुल र पाथिभारा आधारभुत बिद्यालय यो वडाका मातहतमा रहेका सामुदायीक बिद्यालयहरु हो ।
वडाकार्यालयले “आत्मनिर्भरता ,उद्यम सिलता र स्वरोजगार , आम नागरिकको बाँच्ने आधार” भन्ने मान्यतालाई आत्मसाथ गर्दै सिप सिकेर केहि गर्न चाहान्छु भन्ने युवा वर्ग लक्षित कार्यक्रम अन्तरगत बिभिन्न सिप तथ आयमुलक कार्यको तालिम दिई रहेको छ ।
वडाले आफ्नै बजेट ब्यवस्थापनमा केहि युवा युवतीहरुलाई कपाल काट्ने तालिम दिईरहेको छ ।
महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउन वडा कार्यलयको बजेटमा ब्युटि पार्लर सम्बन्धि तालिम समेत भई रहेको छ ।
त्यस्तै निम्न आय भएका महिलाहरुलाई सिपसहितको रोजगारी तथा स्वरोजगार बनाउन वडाकार्यालयको वजेटमा सिलाई तालिम पनि सन्चालन भईरहेको छ ।
यो वडामा शुरक्षा निकायको रुपमा प्रहरी प्रभाग कपन र प्रहरीबिट आकाशेधारा रहेको छ । वडाकार्यालयकै सहयोगमा प्रहरीविट आकाशेधारालाई चिटिक्क पारेर मर्मत गरिएको छ ।
वडा कार्यालयले वडा उज्यालो अभियान अन्तरगत बिभिन्न ठाउँमा ३९० वटा बत्तिहरु जडान गरेको छ । आम नागरिकको सुचनाको लागि बिभिन्न चोकहरुमा नक्शा सहितको बोर्ड तथा डिजिटल बोर्ड समेत राखेर वडालाई स्मार्ट बनाउने बाटोमा अगाडी बढाएको छ ।
वडाले जेष्ठनागरिकहरुको बिश्राम स्थललाई समेत स्तर उन्नति गर्ने काममा अग्रसरता देखाएको छ ।
वडा भित्र रहेका धार्मिक स्थलहरुमा ,अष्टभुजा मन्दिर ,निखिलेश्वर मन्दिर, मनकामना मन्दिर,चुन देवी मन्दिर र शिद्धेश्वर मन्दिर हुन् ।
धोबिखोला करीडोरमा पर्ने अष्टभुजा मन्दिर केहि निर्माण भएको र केहि निर्माणकै क्रममा रहेको छ ।
बिशेषगरि सिद्धेश्वर मन्दिरलाई आन्तरिक पर्यटनको हब बनाउन वडाकार्यालय लागि रहेको छ । बृहत गूरुयोजना बनाएर यहाँ बिभिन्न तरिकाबाट पर्यटन प्रबर्धन गर्न वडाले बिशेष भुमिका निर्वाह गर्ने छ ।
मन्दिरको छानोमा पित्तल हाल्ने तथा पौराणिक महत्वको गेट निर्माण र त्यहाँ रहेको कृयापुत्री भवनलाई ब्यबस्थित गर्ने कुरामा आफ्नो तर्फबाट कुनै कसुर राख्ने छैन ।पर्यटन प्रवर्धनको लागि यो वडाले ढलमुक्त धोबिखाला बनाएर वडा नम्बर २को धोविढुंगा देखि वडा नम्बर १० को पाथिभारा बस्ति सम्म धाबिखोलामा जलबिहार गर्ने योजना समेत बनाएको छ ।
अहिले भईरहेको करीडोरमा बिभिन्न जातको बाह्रमासे फुलहरु लगाएर धोविखोलालाई हरियालि बनाउँदै एउटा नमुना प्रस्तुत गर्ने योजना वडा कार्यालयले बनाएको छ ।
बालुवाखानिमा रहेको भुकम्प स्मृति पार्क तयार भएर सर्वसाधरणकोलागि समेत खल्लागर्न वडाकार्यालय तदारुकताकोसाथ लागिरहेको छ । यो पार्क खुल्ला गरिए संगै यहाँ आन्तरिक पर्यटकको गनतव्य बन्ने छ ।
साँप्रेढुंगाको मनकामना मन्दिर संगै पुरातात्विक महत्व झल्कने गेट निर्माण सम्पन्न भएपछि वडाले संस्कृति संरक्षणमा समेत ध्यानदिएको देखिन्छ ।
वडाकार्यालयले साँप्रे ढुंगाको नेवारी बस्ति संरक्षण र त्यहाँ रहेको भैरवको मुर्तिलाई ब्यवस्थित गर्दै आन्तरिक पर्यटनलाई बढाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने योजना अगाडी सारेको छ ।
साना ठुला गरि योबर्ष मात्र वडाकार्यालयले ३० वटा योजनाहरु सम्पन्न गरेर आफुलाई बुढानीलकण्ठ नगरपालिका भित्रको अब्बल वडाको रुपमा उभ्याउन सफल भएको छ ।
यो बर्षको योजना कार्यन्वयन संगै वडाले आगामि बर्षकोलागि उचित बजेट तर्जुमा गर्न संपुर्ण कार्यहरु पुरागरिसकेको छ ।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१