बूढानीलकण्ठ नगरपालिका नगर सभाको १२ औं अधिवेशन सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०८०, शुक्रबार ०५:३४

काठमाडौं। बूढानीलकण्ठ नगरपालिका नगर सभाको १२ औं अधिवेशन नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा असार ०७ गते  बाट सुरु भएको छ । सभामा नगरप्रमुख, उपप्रमुख, नगरसभा सदस्य लगायत नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेकाे थियो ।

सभामा नगर प्रमुख अधिकारीले बुढानीलकण्ठ नगरपालीकाको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी, उपप्रमुख अनिता लामाले नगरपालीकाको आर्थिक विधेयक २०८०, विनियोजन विधेयक, २०८० तथा नगरपालिकाको अनुमानित आय व्ययको विवरण पेश गर्नुभयो ।

नगर कार्यपालिकाद्वारा तयार गरि पारित गरिएको आ.व २०८०/८१ को अनुमानित आय रू. २,८८,१३,००,०००/- (अक्षरेपी रु दुई अर्ब अठासि करोड १३ लाख मात्र) र अनुमानित व्यय तर्फ रू. २,८८,१३,००,०००/- (अक्षरेपी रु दुई अर्ब अठासि करोड १३ लाख मात्र) रहेको छ । यस उपर, सभामा विभिन्न वडाहरूबाट प्रतिनिधीत्व गर्दै वडा अध्यक्ष तथा वडा सदस्यहरूले विभिन्न जिज्ञासा तथा सुझावहरू पनि राखेका थिए ।

बजेट बक्तव्यको सारांश
चालु आ.व मा आन्तरिक आय तर्फ रु. ३१ करोड ५० लाख अनुमान गरिएकोमा सम्वत् २०८० जेष्ठ मसान्तसम्ममा ३२ करोड ७८ लाख ११ हजार २ सय ४१ रुपैयाँ प्राप्त भएको छ त्यसै गरी मु.अ. कर / सवारी साधन तर्फको राजश्व बाँडफांडबाट जेष्ठ मसान्तसम्ममा ११ करोड ५२ लाख ८१ हजार ९ सय प्राप्त भएको छ । चालु आ.व को आन्तरिक आयतर्फको प्रक्षेपण अनुसार अनुमान गरिएको आय जेष्ठ मसान्तसम्ममा १०४ प्रतिशत राजश्व उठेको देखिन्छ । त्यसै गरी जेष्ठ मसान्तसम्मको खर्च स्थिति हेर्दा चालु तर्फ ५१ करोड ७३ लाख ४९ हजार (संघीय सरकारको सर्शत चालु समेत) र पुँजीगत तर्फ रु. ६३ करोड ५३ लाख ६४ हजार ८ सय खर्च भएको उपप्रमुख अनितालामाले अधिवेशनलाई जानकारी गराउनु भएको छ ।

त्यसैगरी आगामी आ.ब. २०८०/०८१ को लागि अनुमानित व्यय तर्फ चालु खर्चको लागि ४१ करोड ३३ लाख र वडाबाट योजना छनौट गर्न ३२ करोड ९५ लाख विनियोजन गरिएको छ र समपुरक कोष ५ करोड, सह लगानी कोष ३ करोड, विपद व्यवस्थापन, महामारी नियन्त्रणमा ४ करोड कर्मचारी कल्याण कोषमा १ करोड, नगर अस्पताल सञ्चालनमा ५ करोड सामाजिक सुरक्षा कोष १ करोड, वडा कार्यालय भवन निमार्ण १५ करोड, फर्निचर तथा फिक्चर मेशिनरी औजार २ करोड ५० लाख, मूख्य प्रशासनिक भवन २ करोड, सवारी साधन खरिद २ करोड, कर्मचारी सुनौलो विदाई १ करोड, पूँजीगत निर्माण १ अर्ब ६ करोड, बिषयगत महाशाखा / शाखा अन्तर्गत सञ्चालन गरिने कार्यक्रम अन्तरगत शिक्षातर्फ १३ करोड, स्वास्थ्यतर्फ १२ करोड, मानवीय कल्याणतर्फ ३ करोड, बातावरण तथा विपद व्यवस्थापनतर्फ ८ करोड, पर्यटनतर्फ ५ करोड, आर्थिक विकास अर्न्तगत कृषितर्फ १ करोड, पशु बिकासतर्फ १ करोड, सहकारीतर्फ ५० लाख, सुशासन तथा सेव प्रवाहतर्फ ९ करोड, सुचना प्रविधितर्फ ८ करोड, सुरक्षित नगर सिसिटिभी जडानतर्फ करोड, डिजिटल घर नम्बरतर्फ २ करोड, खानेपानी योजनातर्फ ८ करोड, उज्या नगरतर्फ १ करोड ८५ लाख, जिपलाईन निर्माण २ करोड गरी पूँजीगत खर्चको लागि १ अर्ब ६ करोड र गत बर्षको भुक्तानीका लागि १ अर्ब गरी आगामी आ.ब. २०८० / ०८१ को लागि कूल आय २ अर्ब ८८ करोड १३ लाखको अनुमान प्रस्ताब गर्दै सोही बमोजिम ¨खर्च हुने अनुमान पेश गरेको छु सो को बिस्तृत विवरण अनुसूची १ मा उल्लेख गरी पेश गरेको छु त्यसैगरी चालु आ.ब. को संक्षिप्त प्रगति प्रतिबेदन अनुसूची २ मा संलग्न राखी यस सभामा पेश भएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१