बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री दुलालले राखे कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०८०, शुक्रबार ०५:०८

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।

मन्त्री दुलालले बिहीबार आफ्नो कार्यकक्षमा उक्त नक्सा राखेका हुन् । मन्त्री दुलाल माओवादी केन्द्रबाट प्रदेश मन्त्री बनेका हुन् ।

भारतले आफ्नो देशको संसद् भवनमा अखण्ड भारतको नक्सा राख्दा नेपालका कपिलबस्तु र लुम्बिनी समेटिएको विरोधमा नेपालमा पनि सुगौली सन्धी अगाडिको भूमि समेटिएको नक्सा राख्नुपर्ने आवाज उठिरहेको छ ।

नेपालमा सबैभन्दा पहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उक्त नक्सा आफ्नो कार्यकक्षमा राखेका थिए ।

देशका विभिन्न स्थानीय तहहरुले ग्रेटर नेपालको नक्सा राख्दै आएकोमा प्रदेश सरकारको कार्यकक्षमा भने यो पहिलोपटक हो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१