यथास्थितिमा बजेट पास गर्न नदिने नेकपा (एस) को निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ असार २०८०, शुक्रबार ०५:०५

काठमाडौं। सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले यथास्थितिमा बजेट पारित गर्न नदिने निर्णय गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेकपा (एस) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्रप्रसाद पाण्डेले बताए ।

‘बजेटमा असन्तुलन छ । यथास्थितिमा यो बजेट पास गर्न सकिँदैन । यसका बारेमा गठबन्धनभित्रका दलहरुबीच पनि छलफल गर्ने निर्णय भएको छ । हाम्रो पार्टीले यथास्थितिमा यो बजेट स्वीकार गर्दैन,’– रिपोर्टर्स नेपालका लागि पत्रकार मोहन बुढाक्षेत्रीसँग संक्षिप्त कुराकानी गर्दै पाण्डेले भने ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१