सांस्कृतिक संस्थानले सम्मान र पुरस्कार प्रदान गर्दै मनायो ५१ औ वार्षिक उत्सब

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ असार २०८०, बिहीबार ०५:२८

काठमाडौ। सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)ले ५१ औं वार्षिक उत्सब मनाएको छ । संस्थानले वार्षिक उत्सबको अबसरमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत सहित विभिन्न श्रष्टालाई पुरस्कार समेत प्रदान गरेको छ ।
सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा मँगलबारसम्पन्न वार्षिक उत्सब समारोहमा बरिष्ट गायक÷संगीतकार तथा साहित्यकार गणेश रसिकलाई घिमिरेले ‘सांस्कृतिक संस्थान दीर्घ साधना सम्मान २०८०’ बाट सम्मानित गरे । उनलाई ५१ हजार रुपैयाँ सहित दोसल्ला ओढाएर ताम्रपत्रबाट सम्मानित गरियो । संस्थानको मेघा हलमा आयोजित भव्य समारोहबीच उनलाई सम्मानित गरिएको हो ।
सांस्कृतिक संस्थामा महाप्रबन्धकको रुपमा रहेर समेत उनले सेवा गर्नुका साथै आजिवन नेपाली संगीत क्षेत्रमा योगदान पु¥याएकाले दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले बताए ।
समारोहमा सभामुख देवराज घिमिरेले समारोहमा तीन जना कलाकारलाई र एकजना उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरे । कार्यक्रममा सांस्कृतिक संस्थान राष्ट्रिय संगीत पुरस्कार २०८०बाट बरिष्ट गायक÷संगीतकार तथा नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुराईलाई पुरस्कृत गरियो भने सांस्कृतिक संस्थान राष्ट्रिय नृत्य पुरस्कार २०८०बाट बरिष्ट नृत्यकलाकार विमला श्रेष्ठ क्षत्रीलाई र सांस्कृतिक संस्थान राष्ट्रिय नाट्य पुरस्कार २०८०बाट अभिनेत्री शुष्मा शाहीलाई पुरस्कृत गरियो ।
संस्थानमा रहेर लामो समय सेवा गरेको र सम्बन्धित विधामा निरन्तर योगदान दिएको भन्दै जनही ५१ हजार रुपैयाँ सहित यी तीन कलाकारलाई पुरस्कृत गरिएको हो । यो वर्षको सांस्कृतिक संस्थान उत्कृष्ट कर्मचारी पुरस्कार २०८० नृत्य निर्देशक केशबराज राईलाई प्रदान गरियो ।
वार्षिक उत्सबमा सबैलाई स्वागत गर्दै संस्थानका महाप्रबन्धक अशोकप्यासी राईले संस्थानमा रहेर आफुले गरेको विभिन्न कार्यहरुको जानकारी गराउँदै लोक संस्कृतिको अभिलेखिकरण देखि सांस्कृतिक फोटो पुस्तक प्रकाशनसम्मको चर्चा गरे ।
५१ औं वार्षिक उत्सबको शुभकामना दिँदै सभामुख घिमिरेले देशभरका लोक संगीत, लोक नृत्य र लोक संस्कृतिलाई एउटै मालामा गाँसेर प्रस्तुतसँगै सँरक्षण गर्ने काममा सांस्कृतिक संस्थानको ठुलो योगदान रहेको बताए । मुलुकलाई सांस्कृतिक रुपमा समुन्नत बनाउन सांस्कृतिक संस्थानको निरन्तर भूमिका खेलेको बताए ।
सो वार्षिक उत्सब समारोहका सभापति एवम् संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रालयका सचिब सुरेश अधिकारीले संस्थानले ५१ औं वार्षिक उत्सबमा प्रस्तुत गरेको गायन एवम् नृत्यले उत्कृष्ट रहेको बताए । उनले संस्थानका कर्मचारीहरुलाई अन्तर खेलकुद प्रतियोगिताको पुरस्कार वितरण गर्दै ५१ औं वार्षिक उत्सबको शुभकामना दिए ।
सो समारोहको दोश्रो शत्रमा हिमाल देखि तराईसम्मका विविध गीत संगीत तथा नृत्य प्रस्तुत गरियो । एक घन्टा भन्दा बढी समयको सो सांस्कृति कार्यक्रम हिमाली भेकको याक नृत्यबाट सुरु गरिएको थियो । सोही क्रममा काठमाडौं उपत्यकको नेवारी गायन तथा नृत्यमा सम्बन्धित समुदायका दर्शकले तालीले साथ दिए ।
तराईको संस्कृतिलाई समेटिएको भोजपुरी गायन तथा नृत्य र मैथिली गायन तथा झिझिया नृत्यले भोजपुरी गायन तथा होली नृत्य निकै आकर्षक थियो । कार्यक्रममा प्रस्तुत गरिएको राष्ट्रिय गीतहरु यो मन त मेरो नेपाली हो, यो नेपाली शिर उचाली, बीर नेपालीमा दर्शकले तालीले साथ दिए ।
सांस्थानका बाद्यबादक कलाकारहरुले विभिन्न धुन प्रस्तुत गरेर केही क्षण दर्शकलाई मन्त्रमुग्ध तुल्याए । यस्तै अरुण भ्यालीको पूर्वेली असारे गीत तथा नृत्य, संगीनी नृत्य, खैंजेडी भजन गायन तथा नृत्य पनि रोचक थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१