ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं जिल्लाको आयोजनामा भएको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
६ असार २०८०, बुधबार २२:२६

काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको आयोजनामा ,ग्रील तथा स्टील व्यवसायी महासंघ , काठमाडौं जिल्ला अन्तरगतका २ वटा क्षेत्र र १४ वटा इकाई समितिका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंका नवनिर्वाचित अध्यक्ष सुनिलकुमार अमात्यको सभापतित्वमा भएको कार्यक्रम काठमाडौं जिल्लाका महासचिव पशुपति श्रेष्ठले सन्चालन गरेका थिए ।
स्वागत मनतव्य राख्दै जिल्ला अध्यक्ष सुनिलकुमार अमात्यले ग्रील तथा स्टील व्यवसायीहरुको एकता आजको आवश्यकता भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै अगाडी बढ्नुपर्ने बताए ।
कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ , काठमाडौं जिल्ला अन्तरगतका २ वटा क्षेत्र र १४ वटा इकाई समितिका नवनिर्वाचित पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा काठमाडौं जिल्ला, पुर्वी क्षेत्र अन्तरगतका ९ वटा एरिया समितिको प्रतिनिधित्व गर्दै जोरपाटी एरियाका अध्यक्षले मनतव्य राखेका थिए भने पश्चिम क्षेत्र अन्तरगतका ५ वटा एरियाको प्रतिनिधित्व गर्दै बालाजु,खुसीबुँ,चःमती,ढल्को एरियाका अध्यक्षले मनतव्य राखेका थिए ।
क्षेत्रिय समितिको प्रतिनिधित्व गर्दै पुर्वी क्षेत्रका महासचिव नारायण श्रेष्ठ र पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरीले मनतव्य राखेका थिए ।
महासंघको तर्फबाट महासचिव विवेकदास श्रेष्ठ ,उपाध्यक्ष तथा बिमा समितिका संयोजक लिला बहादुर खड्का र अध्यक्ष ठुलोबाबु श्रेष्ठले मनतव्य राखेका थिए ।
कार्यक्रम सन्चालनकै क्रममा जिल्लाका महासचिव पशुपति श्रेष्ठले सबै समितिहरुलाई एकरुपतामा ल्याउन काठमाडौ. जिल्लाले पहल गरिरहेको बताउँदै बिधान भन्दा एक ईन्चपनि यता उता नगर्न मातहतका समितिहरुलाई निर्दैशन समेत दिएका छन् ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले यो संगठनको परम्परागत शैलिलाई ब्रेक गरेर समय सापेक्षित ढंगबाट अगाडी बढ्न नेतृत्वलाई सुझाव दिएका थिए ।
कार्यक्रमको प्रमुखवक्ताको रुपमा बोल्दै महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले आफु ग्रील तथा स्टील व्यवसायीहरुको हितकोलागि काम गर्न महासंघको नेतृत्वमा गएकोहुनाले व्यवसायीहरुलाई समस्यापरेको बेला आफु दिन रात घाम पानि नभनि कामगर्न तयार भएको बताएका छन् ।
श्रेष्ठल आफुलाई काम गर्न सबभन्दा बढी सहयोग एरिया समितिको चाहिने तथा अहिले हेर्दा एरियासमिति अलि अन्यायमा परेको जस्तो देखिएकोले बिधान संसोधन मार्फत सबैकुराको हल गर्न प्रयास गरिने पनि बताए ।
कार्यक्रम सन्चालक तथा जिल्ला महासचिव पशुपति श्रेष्ठलाई आज परेको जन्मदिनको अवसरमा उपस्थित सबैले शुभकामना प्रदान समेत गरेका थिए ।
कार्यक्रमको समापन जिल्लाका वरिष्ठ उपाध्यक्ष अनिल श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१