भिजन क्लब अफ काठमाडौँले गोकर्णेश्वरको सहयोगी मा.वि का बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ असार २०८०, मंगलवार ०५:२१

काठमाडौं । सामाजिक तथा मानवीय सेवा गर्ने उदेश्यका साथ् खोलिएको भिजन क्लब इन्टरनेसनल अन्तर्गतको भिजन क्लब अफ काठमाडौँ ले शैक्षिक सामग्री प्रदान गरेको छ । क्लबले आइतबार गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्ण स्थित श्री सहयोगी माध्यमिक बिध्यालयमा अध्यनरत बिद्यार्थीहरुको लागि शैक्षिक सामग्री प्रदान गरेको हो । आर्थिक रुपमा कमजोर विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग पुगोस् भनेर उक्त बिध्यालयका शिशु कक्षा देखि कक्षा ५ सम्मका करिब २२९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरेको हो ।

क्लबमा आवद्द स्वयं सेवीहरुको आर्थिक सहयोगमा विद्यार्थीलाई पठनपाठनमा सहजता गराउने उद्देश्यले शैक्षिक सामग्री अन्तर्गत कापी कलम वितरण गरिएको आयोजकले जानकारी गराएको छ । बिद्यार्थीहरुलाई लायन्स क्लब का पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी, गोकर्णेश्वर ४ का वडा अध्यक्ष जयराम महत भिजन क्लब इन्टरनेसनल अन्तर्गतको भिजन क्लब अफ काठमाडौँका अध्यक्ष राज कृष्ण श्रेष्ठ, क्लबका सदस्य जिवन श्रेष्ठ लगायत क्लबका सदस्यहरुले शैक्षिक सामग्री प्रदान गरेका हुन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१