गोकर्णेश्वर ८ द्वारा आयोजित प्रथम अन्तर बिद्यालय छात्रा फुटसल प्रतियोगिता शुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०८०, सोमबार ०५:५६

काठमाडौं ।  गोकर्णेश्वर नगरपालिकामा वडा नं ८ मा प्रथम अन्तर बिद्यालय छात्रा फुटसल प्रतियोगिता शुरु भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ स्थित मुक्तिनाथ युवा समुहको आयोजनामा बेसिगाउ स्थित गोकर्णेश्वर फुटसलमा  दुइ दिन सम्म चल्ने उक्त प्रतियोगिताको प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले रेफ्रीलाइ बल हस्तान्तरण गरि उद्घाटन गरेका हुन । मुक्तिनाथ युवा समुहका कोषाध्यक्ष हरि श्रेष्ठको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा बिशेष अतिथिको रुपमा गोकर्णेश्वर युवा तथा खेलकुद संयोजक संजय लामा, छहारी युवा क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठ, लगायत खेलाडी र दर्शकहरुको उपस्थिति रहेको कार्यक्रम संचालन संयोजक संगम थापा श्रेष्ठले गरेका थिए ।

छहारी युवा क्लबका अध्यक्ष लक्ष्मण श्रेष्ठले स्वागत मन्तब्य राखेको कार्यक्रममा गोकर्णेश्वर युवा तथा खेलकुद संयोजक संजय लामाले खेलकुद्को बिकासका लागि नगरपालिकाले धेरै कामहरु गर्दै आएको बताए ।

उनले खेलकुदको विकास विद्यालय तहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुनेबिश्वास ब्यक्त गरेका थिए । उनले नगरपालिका भित्र खेलकुदका पूर्वाधार निर्माणका कामहरु समेत हुदै गरेको जानकारी गराएका थिए ।

कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ८का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले आयोजकलाइ धन्यवाद दिदै वडा नं ८ लेल खेलकुदलाइ प्राथमिकतामा राख्दै खेलकुदका गतिबिधि गर्दै आएको बताए ।

उनले उनले खेलाडीलाइ अनुसाशित भइ खेल कौशल देखाउन समेत अनुरोध गरेका थिए ।बिद्यालयस्तरमा छात्राहरुलाई फुटसलमा प्रेरित गर्ने उदेश्य सहित आयोजना गरिएको उक्त प्रतियोगिता सफलताको शुभकामना ब्यक्त गरेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै मुक्तिनाथ युवा समुहका कोषाध्यक्ष हरि श्रेष्ठले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । कुल १० वटा टीमले सहभागिता जनाएको उक्त प्रतियोगितामा प्रथम दितीय र तृतीय हुने टिमले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन भने उत्कृष्ट खेलाडी उत्कृष्ट गोल रक्षक ,सर्वाधिक गोलकर्ताका साथै अनुशासित टिमलाइ ट्रफी प्रदान गरिने समेत आयोजकले जानकारी गराएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१