वामदेव एमालेमा फर्किए, ६० लाख भोट कटाउने उद्घोष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ असार २०८०, सोमबार ०५:१७

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम पूरानो पार्टी एमालेमै फर्किएका छन् । आज (आइतबार) एमाले मुख्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि उनी एमालेमा फर्किन राजी भएको एमाले नेताहरुले दाबी गरेका छन् ।

उनले आफू काम गर्न र खटिनको लागि एमालेमा आउन लागेको बताएका थिए । अध्यक्ष ओलीले पनि एमालेमा स्वागत रहेको भन्दै सक्रियतापूर्वक पार्टीको काममा लाग्न आग्रह गरेका छन् । सो क्रममा उनले अब पार्टीलाई बलियो बनाउन र ०८४ को निर्वाचनमा ६० लाख भोट कटाउनेगरि काम गर्ने बताएका थिए ।

नेकपा विभाजनपछि एकताको लागि अभियान चलाएर आएका गौतम पछिल्लो समय निश्क्रिय थिए । उता, भोलि प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले भोलि नै समाजवादी मोर्चा घोषणा गर्दैछन् । नेता गौतमलाई पनि उक्त मोर्चामा सहभागी हुन आग्रह गरिएको थियो । त्यसकै पूर्वसन्ध्यामा गौतमले ओलीसँग भेट गरेका हुन् ।

एमालेमा फर्किन लागेका वामदेवले आफ्नो अभियानमा सहभागी भएकाहरुको व्यवस्थापनको कुरा उठाएका थिए । स्वयम गौतमको एमालेमा कसरी व्यवस्थापन हुन्छ ? भन्ने कुरा खुलाईएको छैन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१