स्नो मन्जुश्री बिद्यालयको छात्राबास उद्याटन ,बिद्यार्थी बिदाई तथा सहयोगी दाताहरुको सम्मान कार्यक्रम सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
३ असार २०८०, आईतवार १०:५४

काठमाडौं । हिमालपारी मनाङ तथा बिकट ठाउँका बालबालिकाहरुको शिक्षा लाई मध्यनजर गर्दै सन् २०१४ मा मनाङका बौद्ध भिक्षु सोनाम ग्याल्त्से घले (बौद्ध नाम ः लामा धुन्डुप) द्वारा स्थापना गरिएको स्नो मन्जुश्री बिद्यालयले छात्राबास उद्याटन ,बिद्यार्थी बिदाई तथा सहयोगी दाताहरुको सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
दुर्गम हिमाली क्षेत्र (मनाङ जिल्ला)का विपन्न बालबालिकालाई निःशुल्क गुणस्तरीय शिक्षा पाउने अवसर प्रदान गर्न उनले यो संस्था सुरु गरेका हुन् ।
हाल काठमाडौंस्थित विद्यालयले २ देखि १६ वर्ष उमेर समूहका १४० बालबालिकालाई वातावरण र शिक्षाजस्ता छात्राबास सहित उपलब्ध गराउँदै आएको छ ।
सोनाम ग्याल्त्से घलेको सभापतित्वमा भएको कार्यक्रममा मनाङका अवतारी राजाको रुपमा प्रख्यात बौद्ध गुरुको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा यो बिद्यालयलाई यहाँसम्म पुर्याउन महत्वपुर्ण भुमिका खेल्ने सबैलाई गुरुको बाहुलीबाट सम्मान गरिएको थियो ।
जर्मनमा आफ्नै क्लिनिक सन्चालन गर्दै आउनुभएकी डा. मिरा निरौला तथा बिजय निरौलाले यो विद्यालयलाई लामो समयदेखी सहयोग गर्दै आउनु भएको भन्दै कार्यक्रममा चर्चा गरिएको थियो ।
कार्यक्रममा बिभिन्न ठाउँबाट लामा गुरुहरु , स्थानिय प्रसाशन , बिभिन्न क्षेत्रमा सहयोग गर्दै आउनुभएका बिदेशी पाहुनाहरुको समेत उपस्थिति रहेको थियो ।
यहि बिद्यालयमा अध्ययन गरेर १२ कक्षा पास गरि उच्चशिक्षाको लागि जाने बिद्यार्थिहरुलाई यो कार्यक्रममा सम्मान तथा बिदाई गरिएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१