निर्वाचनलाई लक्षित गरेर सङ्गठन विस्तारमा जुट्न लामिछानेको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०८०, आईतवार ०५:१५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी २०८४ सालमा हुने निर्वाचनमा वडादेखि केन्द्रसम्म उपयुक्त उम्मेदवार बनाउने तयारीमा जुट्न आह्वान गरेका छन् ।

रास्वपाको बागमती प्रदेश समितिद्वारा आज आयोजित टोखा नगरपालिका–१ स्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज नजिक वृक्षरोपण कार्यक्रममा सभापति लामिछानेले आगामी निर्वाचनलाई लक्षित गरेर सङ्गठन विस्तारमा जुट्न आह्वान गरेका हुन् ।

“आगामी निर्वाचनमा रास्वपा सबैभन्दा ठूलो पार्टी बन्नेछ”, उनले भने, “वडादेखि केन्द्रसम्म उपयुक्त व्यक्तिलाई उम्मेदवारका रुपमा तयार गर्ने योजना छ ।”

सभापति लामिछानेले गलत नियत बोकेर पार्टीभित्र प्रवेश गर्न खोज्नेलाई रोक्नका लागि वडादेखि केन्द्रसम्म विधि र विधान बनाइने उल्लेख गरे । रास्वपाले पार्टी स्थापनाको एक वर्ष पुगेका अवसरमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्न लागेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१