सुनको भाउ तोलामा ८०० रुपैयाँले बढ्याे

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०८०, शुक्रबार १२:१३

काठमाडौँ |नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला  १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार बढेर १ लाख ११ हजार ८०० रुपैयाँ पुगेको हो ।

बिहीबार प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको भाउ शुक्रबार १ लाख ११ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

यस्तै, चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार बढेर १ हजार ४२५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१