काभ्रे चट्याङको उच्च जोखिममा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ कार्तिक २०७१, मंगलवार ०७:३४

download (17)

काभ्रे,११ कार्तिक  । काभ्रेको महाभारत पर्वत शृखलाआसपासका बस्ती चट्याङको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन् । गएको ६ महिनामा काभ्रेमा चट्याङका कारण १९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकसँग जोडिएको मकवानपुर जिल्ल्ाको महाभारत पर्वत शृंखलामा अवस्थित केही गाविसका बासिन्दाको समेत चट्याङ लागेर मृत्यु भएको छ ।
गत २४ जेठमा चट्याङले महाभारत पर्वत शृंखलामा अवीस्थत डाँडापारि क्षेत्रमा एकै दिन चारजनाको मृत्यु भएकोनयाँ पत्रिकामा खबर छ । यो पर्वत शृंखलामा काभ्रेका १०, मकवानपुरका पाँच, सिन्धुलीका र रामेछापका दुई/दुई गाविस पर्छन । यी गाविसमा वर्षाको समयमा चट्याङ परिरहने हुनाले ठूलो जनधनको क्षति हुने गरेको छ ।
काभ्रेको मिल्चे गाविस-२ का दरसुर मोक्तानले डाँडाँपारि क्षेत्रमा चट्याङ पर्न थाल्दा विद्युतको मुख्य स्विच बन्द गरेर काम गर्ने गरेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१