अध्यादेशमार्फत कोशी सरकारले ल्यायो बजेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ असार २०८०, शुक्रबार ०५:००

काठमाडौं। कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याएको छ।

बिहीबार एक कार्यक्रम गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेका हुन्।

प्रदेश सरकारले ल्याएको बजेट कार्यक्रमलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, र जनता समाजवादी पार्टीले बहिष्कार गरेका छन्।

अल्पमतमा परेको सरकारले विश्वासको मत लिनुको साटो संविधानविपरीत अध्यादेशमार्फत बजेट ल्याएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१