सरकार छोड्न परे पनि परोस्, भ्रष्ट्राचारी बचाउन सम्झौता गर्दैनौ : प्रधानमन्त्री प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ जेष्ठ २०८०, बिहीबार ०५:१४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारीहरूलाई जोगाउनुभन्दा आफूहरू सरकार छाड्न तयार रहेको बताएका छन् ।

प्रेस सेन्टर नेपालका पदाधिकारीसहितको टोलीले बुधवार बिहान बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्ता स्वार्थकै लागि कसैलाई उन्मुक्ति हुने हाेकी भन्ने जिज्ञाशामा उनले भने, ‘कतै सत्तारुढ दल सरकार टिकाइ राख्नका लागि भ्रष्ट्राचारीलाई उन्मुक्ति दिने हो कि भन्ने भ्रम सृजना भइरहेको छ ।

हामी सत्ता स्वार्थकै लागि उन्मुक्ति दिने पक्षमा छैनौ । बरु सरकार छोड्न परे पनि परोस् । भ्रष्ट्राचार र सुशासन विरुद्धका हाम्रो अभियान जारी रहन्छ । यसमा कसैले शंका नगरे हुन्छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारले गरेका राम्रा काम देखेर प्रमुख प्रतिपक्ष लगायत नयाँ भनिएका दलहरुलाई अपाच्य भएको भन्दै सदनदेखि सडकसम्म भ्रम सृजना गर्ने काम गरिरहेको र यसले उनीहरू नांगिदैँ गएको बताए ।

उनले भने, ‘प्रमुख प्रतिपक्ष दल लगायतका नयाँ भनिएका दलले सरकारले राम्रो काम गर्‍यो भनेर हाम्रा विरुद्ध सदनदेखि सडकसम्म अवरुद्ध सृजना गरिरहेका छन् । तर, उनीहरू सदनदेखि सडकसम्म नांगिदै गएका छन् । हामीले राम्रो काम गर्दा भ्रष्ट्राचार र सुशासनका देखावटी नारा लगाउने नयाँ दलका मुद्दा पनि खोपिएका छन् ।’

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट र फलदायी भएको पनि दाबी गरेका छन् । आफ्नो भारत भ्रमणका क्रममा ५० देखि ६० वर्षको अवधिमा पहिलो पटक राम्रो सम्बन्ध बनेको उनको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१