इपानको अध्यक्षमा गणेश कार्कीसहित प्यानल निर्विरोध निर्वाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३२ जेष्ठ २०८०, बिहीबार ०५:०८

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को नयाँ कार्यसमिति अध्यक्षमा गणेश कार्कीको प्यानल निर्विरोध निर्वाचित भएको छ ।
निर्वाचन समितिले गरेको अन्तिम नामवाली प्रकाशनमा किरण मल्लको उम्मेदवारी खारेज भएको हो ।

उम्मेदवारी उपर परेको दाबी विरोधमा छानबिन तथा निर्णय गरी अध्यक्ष पद गणेश कार्की वरिष्ठ उपाध्यक्ष पदमा महोनकुमार डाँगीको नामा प्रकाशित भएको छ ।

अध्यक्ष र वरिष्ठ उपाध्यक्ष १/१ जना नै हुने व्यवस्था रहेको छ भने उपाध्यक्षको लागि ५ जना हुने व्यवस्थामा ५ जनाकै नाम प्रकाशित भएको छ । जसमा भरतवहादुर खत्री, उत्तम भ्लोन, राम प्रसाद आचार्य, आशिष गर्ग र आनन्द चौधरीको नाम प्रकाशन भएको छ ।

त्यस्तै, महासचिवमा १ जना रहने व्यवस्थामा बलराम खतिवडाको नाम निर्वाचन समितिले प्रकाशित गरेको छ । सचिव ५ जना रहेने व्यवस्था रहेकोमा ५ जनाको मात्रै अन्तिम नामवली सार्वजनिक भएको छ भने कोषाध्यक्षमा १ जना रहेने व्यवस्थामा नरेन्द्र बल्लभ पन्तको मात्रै अन्तिम नामवली प्रकाशन गरेको छ ।

खुल्ला सदस्या ७ जना रहने व्यवस्थामा १४ जनाको अन्तिम नामवली सार्वजनिक भएको छ । त्यस्तै, महिला सदस्या ३ जना रहने व्यवस्था रहेकोमा ३ जनाको नै नामवली सार्वजनकि भएको छ ।

किरण मल्लले दर्ता गरेको स्टे अर्डर पनि खारेज भएको स्रोतले बतायो ।  प्रमुख निर्वाचन अधिकृत चिरञ्जीवी खतिवडाले अध्यक्षहित पदाधिकारीमा निर्विरोध निर्वाचित हुनु भएको छ। र ७ कार्यकारी सदस्यका १४ जनाको उम्मेदवारी परेको छ। तीन जना महिला सदस्य भने निर्विरोध निर्वाचित भैसकेका छन्। ईशा श्रेष्ठ, सुसन कर्मचार्य र सुमन जोशी निर्विरोध भएका हुन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१