अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा एक जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०८०, बुधबार १२:४२

रुपन्देही | अर्काको नाममा लोक सेवाको परीक्षा दिएको आरोपमा रुपन्देहीबाट एक जना पक्राउ परेका छन् ।सप्तरीको राजबिराज-११ घर भई जिल्ला हुलाक कार्यालय सप्तरीमा नायब सुब्बा पदमा कार्यरत ३० वर्षीय नारायण यादव रहेका छन् ।

यादवले लोक सेवा आयोगले बुटवल केन्द्रमा २०७७ साल फागुन २९ गते र २०७८ साउन ४ गते लिएको परीक्षामा राजबिराज-११ घर भएका ३३ वर्षीय मनोजकुमार शर्मा सुतिहारको नाममा परीक्षा दिएका थिए ।सुतियार अहिले कोष तथा लेखा नियन्त्रण कार्यालय कपिलवस्तुको सहलेखापाल पदमा कार्यरत छन् । प्रहरीले सुतियारलाई पनि नियन्त्रणमा लिएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१