पशुपतिको जलहरीमा १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिईयोस : सदस्य सचिव मिलन थापा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०८०, बुधबार ०५:२३

काठमाडौं । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायब नभएको स्पष्ट पारेका छन् । थापाले यदि सुन गायब भएको भए आफू जस्तोसुकै कारबाही भोग्न तयार रहेको बताएका छन् । सिंहदरबारमा आज (मंगलबार) बसेको राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थापाले यस्तो बताएका हुन्।

उनले आफूलाई बिना आधारमा सुन हिनामिना गरेको आरोप लगाएको भन्दै सुन चोरी गरेको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको स्पष्ट पारे । तर, हुँदै नभएको कुरालाई समाचार बनाएर चत्रिर हत्या गरिएको उनको गुनासो थियो । सो क्रममा उनी रोएका पनि थिए । उनले उक्त विषयमा न्याय माग्न आत्महत्या गर्नुपर्ने हो भन्दै प्रश्न गरे ।

उनले राष्ट्र बैंकसँगको सम्झौता अनुसार १०३ केजी सुन ल्याएको र तत्कालीन प्रधानमन्त्री केपी ओली र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको स्पष्ट पारे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१