प्रधानमन्त्री दाहालविरुद्ध कारण देखाउ आदेश जारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०८०, बुधबार ०५:१९

काठमाडौं । सर्वोच्च अदालतले द्धन्द्धकालमा बालबालिकाका सम्बन्धमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादीका पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको हो ।

न्यायाधीश सपना मल्ल प्रधानको इजलासले सो मुद्दामा अग्रधिकार दिने आदेश दिएको छ । तत्कालीन द्वन्द्वमा सहभागी बालसैनिक बताउने लेनिन विष्टलगायतले आफूहरू बालबालिका रहँदै अन्तर्राष्ट्रिय मानवअधिकार कानुनविपरीत सैन्य गतिविधिमा लगाइएको भन्दै मुद्दा लिएर दर्ता गरेका हुन् । दाहालमाथि १० वर्षे सशस्त्र संघर्षमा बालबालिका प्रयोग गरेको आरोप छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१