मधेसका मुख्यमन्त्रीको पक्षमा १ सय ३ मत, विपक्षमा शून्य‍

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०८०, बुधबार ०५:१८

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्रीले शतप्रतिशत विश्वासको मत पाएका छन्। मुख्यमन्त्री सरोज कुमार यादवलाई १ सय ३ सांसदले विश्वासको मत दिएका छन्।

मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित सबै १ सय ३ सांसदले विश्वासको मत दिएभने २ सांसद् अनुपस्थित रहेका थिए।

मुख्यमन्त्री यादवलाई सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिएको एमालेलेसमेत विश्वासको मत दिएको छ।

योसँगै मुख्यमन्त्री यादवले दोस्रोपटक विश्वासका मत पाएका हुन्।

*मत संख्या अन्यथा हुन गएकोमा सच्याइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१