ग्वार्कोमा सञ्चालनमा आयो ‘सुपर शोको’ इलेक्ट्रिक बाइक तथा स्कुटरको शोरुम

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० जेष्ठ २०८०, मंगलवार ०७:४३

ललितपुर । ललितपुरको ग्वार्कोमा इलेक्ट्रिक बाइक र स्कुटरका लागि कोरबिग मोटर प्रालीले डिलर तथा शोरुम सञ्चालनमा ल्याएको छ ।

काठमाडौं उपत्यकामा यो ब्राण्डको इकलेक्ट्रिक मोटर साइकलको यो तेस्रो डिलर हो। यसअघि लाजिम्पाट र लगनखेलमा शोरुमहरू खुलेका छन् ।

ग्वार्कोमा रहेको यो डिलरको उद्घाटन सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गरेका हुन् । नेपालको भूगोल सुहाउँदो तरिकाले डिजाइन गरिएको यस्ता साधनले पेट्रोलियम खपतमा सहयोग पुग्ने मन्त्री ज्वालाले बताए।

 

यहाँ सुपर सोको सीयूक्स, सुपर सोको सीपीएक्स, सुपर शोको टीसी म्याक्स बाइक, सुपर शोको टीसी बाइक र सुपर शोको टीएसएक्स बाइक छन् ।

रिमोट की, वार्निङ साइन, एन्टीथेफ्टलगायतका आधुनिक फिचरहरू राखिएका यी बाइकहरूको ब्याट्रीमा ३ वर्षको वारेन्टी तथा मोटरमा २ वर्षको वारेन्टी छ।

त्यस्तै यी मोटरसाइकलहरूमा फूल एलईडी लाइट्स, आकर्षक एलईडी डीआरएल सहितको हेडल्याम्प, फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर, ठूलो बुट स्पेस, डबल डिस्क ब्रेकलगायतका फिचरहरू पनि छन् । त्यस्तै कतिपय मोटरसाइकलमा रिभर्स फिचरहरू पनि राखिएका छन् ।

यी मोटर साइकलका ब्याट्रीहरू सामान्य विद्युत खपतमा घरमै पनि चार्ज गर्न सकिन्छ। करिब ३ घण्टामा पूर्ण चार्ज भएको ब्याट्रिबाट करिब १०० किलोमिटर जति गुडाउन सकिन्छ।

सञ्चालक रुद्र दाहालका अनुसार यसअघि यही समूहले इटहरीमा पनि यस्तै शोरुम सञ्चालनमा ल्याइसकेको छ। उनका अनुसार यी मोटरसाइकल तथा स्कुटरहरू खरिद गर्दा बैंकहरूबाट फाइनान्स सुविधाहरू पनि उपलब्ध छन् ।

नेपाली बजारमा यी मोटरसाइकल तथा स्कुटरका मूल्य २ लाख ५० हजारदेखि ५ लाख ५० हजारभन्दा माथि छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, अशोज ५, २०८१