द्वन्द्वकालीन मुद्दा उठाएर शान्ति प्रक्रिया भाँड्ने प्रतिगामी हर्कत भइरहेको छःभट्टराई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०८०, सोमबार ०५:०८

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) ले शान्ति प्रक्रियाको बाँकी काम प्रभावकारी रुपमा अगाडि बढाएर निष्कर्षमा पुर्याउन माग गरेको छ । गत जेठ २५ र २६ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानविन आयोगको कामलाई प्रभावकारी रूपमा अघि बढाउन र यथाशीघ्र सम्पन्न गर्न माग गरेको हो ।

बैठकले द्वन्द्वकालीन मुद्दाहरुलाई उठाएर शान्ति प्रक्रियालाई भाँड्न प्रतिगामी हर्कतहरु भइरहेको भन्दै भत्सर्नासमेत गरेको छ । साथै, टीकापुर घटनाका दोषी रेशम चौधरीले पाएको आम माफीको बैठकले स्वागत गरेको छ । मधेश आन्दोलन, जनजाति आन्दोलन, थारु आन्दोलन लगायतका बन्दीहरुलाई यथाशीघ्र रिहाइको मागसमेत गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१