इभेन्टः लिटिल मिस एन्जेल २०२३ (फाइनल)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ जेष्ठ २०८०, सोमबार ०४:५९
कलश इभेन्टसद्वारा आयोजितकार्यक्रम लिटिल मिस एन्जेलको चौथौं संस्करण  राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा सम्पन्न भयो । विगत १महिना अघिदेखि प्रशिक्षणमा व्यस्त रहेका सानानानीहरुले आज निर्धक्कभएर दर्शक सामु आफुलाई प्रस्तुत गरेकाथिए ।आई आई एफ टी स्कूल अफ फेसन एंड इन्टेरियर डिजाइन मा अध्यनरत फेसन डिजाइनका विद्यार्थीहरुले तयार परेका पोसाकमा सजिएर प्रतिस्पर्दामा उत्रेका  ३५ जनाप्रतिस्प्रधीलाई पछि पार्दै विजडम स्कुलमा मा अध्ययनरत किन्जल नेपालले चौथौं संस्करणको लिटिल मिस एन्जेलको ताज चुम्न सफलभएका छन् ।
यसै गरी एलिक्शर स्कुलमा अध्ययनरत सम्पदा महतो तथा यूलेन्स स्कूलका आध्या ढकाल क्रमशःप्रथम उपविजेता तथा द्वितिय उपबिजेताको ताज चुम्न सफल भए ।
लिटिल मिस एन्जेलका विजेताले क्रमश रु. २५०००, १५,००० तथा रु. १०,००० नगद, ताज तथा विभिन्न उपहारहरु समेत प्राप्त गरेका छन् । विजेताबाहेक सम्पूर्ण उपविजेताहरुले समेत ताजपाएका छन् ।
सांस्कृतिक संस्थानका महानिर्दौशक अशोकप्यासी राइको प्रमुखआतिथ्यमा सम्पन्न सो प्रतियोगिताका निर्णयक मण्डलमा, यूरोकिड्स थापाथलीका प्रिन्सिपल रामेश्वर श्रेष्ठ, प्याब्सन काठमाण्डौका कार्यकारी सदस्य मोहना खनाल ,न्यू जेनिथ स्कुलका प्रिन्सिपल राजु महर्जन,अभिनेत्री नम्रता सापकोटा तथा IIFT का कार्यकारी निर्देशक बिपना थापा रहेकाथिए ।
वरिष्ठ नृत्य निर्देशक तथा कोरियोग्राफर रोहिया महर्जनको कोरियोग्राफी रहेको उक्त प्रतियोगितामा संस्थाका कार्यकारी अध्यक्ष संजय महर्जनले कार्यक्रमले प्रतियोगीहरु बीचआफूभित्र लुकेकाप्रतिभालाई प्रस्तुतगर्ने सनौलो अवसर मिलेको बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१