केपीजी तयार हुन्छन्? नेकपा फेरि ब्युँताऔँ : अध्यक्ष नेपाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०८०, आईतवार ०६:०४

काठमाडौं। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि ब्युताउने प्रस्ताव गरेका छन्। शनिबार एकीकृत समाजवादी भक्तपुरकोका कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा फेरि ब्युताउने प्रस्ताव गरेका हुन्।

उनले भने, ‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन। कसैकसैलाई लागेको छ, एमाले, एमालेमा त आफैं रुवाबासी चलिरहेको छ। हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौँ, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौं, केपीजी तयार हुन्छन्? नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि ब्युँताऔँ।’

उनले पार्टी एकीकरण गरे आफू र आफ्नो मान्छेको पदका बारेमा सोच्न नहुने बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१