आइपिडिएफको सहजीकरणमा युवा लक्षित उद्यमशीलता कार्यक्रम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०८०, आईतवार ०५:३२

काठमाडौं ।  गोकर्णेश्वर नगरपालिकाको आयोजना तथा आइपिडिएफको सहजीकरणमा युवा लक्षित उद्यम बिषयमा निर्दिष्ठ युवा उद्यमशीलताका लागि उपमेयरको भूमिका बिषयक एक दिवसीय कार्यक्रममा वडा न ८ का १०० भन्दा बढी स्थानीय महिला तथा युवा युवतीहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।

आइपिडिफ कार्यक्रम संयोजक कृष्ण नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा वडाअध्यक्ष नन्दलाल श्रेण्ठ प्रमुख अतिथिको रुपमा आसन ग्रहण गर्दै कार्यक्रमका ब्यानरमा रहेको बिषयबस्तु बाचन गर्दे कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो कार्यक्रममा वडा सदस्य चन्द्रलाल श्रेण्ठ, वडा सदस्य सीता तिमल्सिना, वडा सदस्य सोभिात मिजार, वडा सदस्य सुमन लामा, महांकाल भैरव महिला समूहका अध्यक्ष सुमित्रा श्रेण्ठ, ढुंगेधारा आदर्श आमा समूमहका अध्यक्ष मञ्जु पुन, स्वास्थ्य कर्मी संजय आचार्य, र अन्तराष्टिय प्रशिक्षक राजेन्द्र न्योपानेको उपस्थिति रहेको थियो ।
कार्यक्रमको पहिलो सत्रमा युवा उद्यमशीलताका लागि उपमेयरको भूमिका सम्वन्धी एक दिवसीय कार्यक्रमको वडाध्यक्ष नन्दलाल श्रेण्ठले कार्यक्रमको प्रभावकारिता सहित प्रगति प्रतिवेदन पेश गरपछि मात्र प्रभावकारी रुपमा कार्यान्वयनका लागि बजेट प्रदान गरिने कुरामा जोड दिनुभएको थियो । त्यस्तै वडासदस्य सुमन लामाले सबै महिला पनि सचेत भएर वडाबाट प्रसारण गरिने सूचनाहरु अपडेट हुन आग्रह समेत गर्नु भएको थियो । वडातहमा रोजगार मेलाहरुको आयोजना गरिने र उक्त मेलामा सबै युवायुवतीहरुलाई उपस्थित हुन आग्रह गर्नुर्भको थियो । वडा नं ८ ले सिर्जनशील खालका कार्यक्रमहरु संचालन गर्नुपर्ने र अरु वडाहरुले पनि त्यसको अनुसरण गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो ।
प्रमुख प्रशिक्षक राजेन्द्र न्योपानेले विभिन्न उद्यमशीलताका सोचहरु  संकलन गर्ने काम गर्नु भएको थियो ।

ढुंगेधारा आदर्श आमा समूहले मखमलको जुत्ता बनाउने, महांकाल भैरव महिला समूहले गारमेन्ट उद्योग जसले बालबालिकाका कपडा सेट बनाउने, टपरी सेट तयार गर्ने, ब्युटी पार्लर सम्वन्धी तालिम संचालन गर्ने, सिलाई बुनाई सम्वन्धी तालिम तथा उद्योग संचालन गर्ने, बाटेको धुप बनाउने कार्यक्रमगर्ने लगायतका कार्यक्रम संचालन गर्ने उद्यमशील सोचहरुको विकास समेत गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१