गाउँपालिका अध्यक्षको अमेरिकी नागरिकता !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०८०, शुक्रबार ०५:४५

काठमाडौं । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा दोहोरो नागरिकता विवादमा मुछिएका छन् । उनीमाथि अनागरिकको आरोपसहित उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगाले दायर रिटमाथि उत्प्रेषण मिश्रित परमादेश जारी गर्दै अध्यागमन विभाग, प्रहरी, प्रशासन कार्यलयसँग १५ दिनभित्र कगजात झिकाउन बुधबार आदेश जारी गरेको हो ।

अमेरिकाको नागरिकता कायम रहेकै अवस्थामा नेपाली नागरिक हुन नसक्ने कानुनी व्यवस्थाको उल्लंघन गर्दै पुरानो नागरिकताको प्रतिलिपि प्रयोग गरेर जनप्रतिनिधि भएको भन्दै रिट निवेदक भुपेन्द्र बहादुर बस्नेतले शेर्पाविरुद्ध मंगलबार मुद्दा दर्ता गराएका थिए ।

शेर्पाले २०७९ वैशाख ५ मा नागरिकताको प्रतिलिपि लिएको र त्यसबेला अमेरिकी नागरिकता त्याग गरेको निस्सा पेस नगरेको रिट निवेदकले दाबी गर्दै आएका छन् । गैर नेपालीलाई नागरिकता दिने प्रशासन र निर्वाचित गराउने निर्वाचन आयोगलाई समेत विपक्षी बनाई बस्नेतले मुद्दा दायर गरेका हुन् ।

सो मुद्दाका सन्दर्भमा उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाले बुधबार अग्राधिकार दिएर १५ दिन भित्र सम्बन्धित निकायसँग दस्तावेजहरू माग गर्ने आदेश जारी गरेको अधिवक्ता गुरुबहादुर बस्नेतले जानकारी दिए ।

शेर्पाको नागरिकता, पासपोर्ट र गैरआवासीय नेपाली भएर बसेको कागजात समेत झिकाई फास्ट ट्रयाकबाट मुद्दा किनारा लगाउने उच्च अदालतले मनशाय देखिएको बस्नेतले बताए। अमेरिकी नागरिक कायमै रहेको र नेपाली नागरिकता निष्कृय रहेको अवस्थामा शेर्पाले नेपाल नागरिकता ऐन २०६३ को दफा १०(१) अनुसार कायम नरहेको नागरिकता नम्बर १३१९७÷६२१ को प्रतिलिपी पेस गरी निर्वाचनमा भाग लिएको देखिएको अधिवक्ता बस्नेतले बताए ।

‘अमेरिकी नागरिक भएपछि स्वतः खारेज भएको नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी निर्वाचनमा भाग लिन नपाउने संवैधानिक तथा कानुनी व्यवस्था रहेको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१