कांग्रेसको नयाँ सदस्यता र नवीकरण अनलाईन प्रणालीबाटै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ जेष्ठ २०८०, शुक्रबार ०५:४३

काठमाडौं। नेपाली कांग्रेसले आगामी असार १ गतेदेखि पार्टी सदस्यता वितरण अनलाईन प्रणालीमार्फत् गनृए भएको छ । कांग्रेसका नेता तथा कार्यकर्ताले आगामी असाढ १ बाट सदस्यता नवीकरण र नयाँ सदस्यता दुवै अनलाईन प्रणालीबाटै गर्न सक्नेछन् । पार्टी महामन्त्री गगन कुमार थापाले धनकुटाको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै आगामी असार १ गतेदेखि अनलाईन प्रणालीबाटै नयाँ सदस्यतको लागि आवेदन र सदस्यता नवीकरण गर्न सकिने बताएका हुन् ।

कांग्रेसको सुधारका लागि गुट भत्काउन आवश्यक रहेको गगनको भनाई छ । पार्टीमा कतिपय नेताहरुले विश्राम लिनुपर्ने कुरालाई पनि स्वीकार गर्नुपर्ने उनले बताए । ‘नेताले विश्वास गुमाएको, उत्साह नभएको र आर्कषण घटेको सबैले मान्नुपर्छ । हामी कतिपयले विश्राम लिनेकुरा पनि मान्नुपर्छ,’– महामन्त्री थापाले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१