बाँदर आतंकः कार्यालय छोडेर मकैबारी रुँग्दै वडा अध्यक्ष

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०८०, बिहीबार १७:३२

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–९ का वडाध्यक्ष राम शर्मा लामिछाने हरेक महिनाको १५ गते र ३० गते वडा कार्यालयमा भेटिँदैनन् । उनी बिरामी भएर वा अन्यत्र गएर वडा कार्यालय नआएका भने होइनन् । उनी हरेक महिनाको दुई दिन खेतबारी रुँगेर बस्छन् । यसको कारण हो बाँदर धपाउन ।

लामिछाने मात्र हैन कुश्मा नगपालिका–९ का १५ परिवारको एउटै फाँट रहेको छ । ती फाँटमा लगाइएका मकै जोगाउन वडाध्यक्षलगायत १५ जनाले आलोपालो गरेर रुँग्ने गरेका छन् । वडाको कामसँगै खेतबारीमा लगाएको मकै, बोडी, सिमी पनि जोगाउनुपरेको अध्यक्ष लामिछानेले बताउँछन् ।

खेतबारीमा मकैले भर्खरै घोगा हाल्दै गरेका छन् तर किसानलाई भने ती घोगा जोगाएर घर भित्र्याउने पाइने हो कि होइन भन्ने चिन्ता छ । आफूले भन्दा पहिल्यै बाँदरले मकै खाला भन्ने डर भएपछि खेतबारीमै छाप्रो हालिएको छ, जहाँ प्रत्येक दिन गाउँका कोही न कोही हेरालो बस्नुपर्ने बाध्यता परेपछि आफूसमेत महिनामा दुई दिन खेतबारी रुगेर बस्ने गरेको उनी बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१