ठमेलमा लिभिङ टुगेदरमा बसेकी युवतीको हत्या, प्रेमी पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०८०, बिहीबार १७:२२

काठमाडौं। प्रेमीसँग सामान्य विषयमा मनमुटाव भएर भएको झगडाका क्रममा एक जना युवतीको ज्यान गएको छ ।

ठमेलमा बस्दै आएकी जेनिशा तामाङको मृत्यु भएपछि प्रहरीले हत्या आरोपमा प्रेमी धुलिखेलका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सीताराम रिजालका अनुसार ठमेलको एक रेष्टुरेन्टमा काम गर्ने उनीहरु केही समय अघिदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

मंगलबार अपराह्न साढे ३ बजेतिर उनीहरुबीच झगडा भएको थियो । ‘मादक पदार्थ सेवन गरेपछि भएको झगडाका क्रममा मुड्की, लात्ताले जथाभावी हानेको पाइएको छ, घाइते भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेका रहेछन्’ रिजालले भने, ‘चिकित्सकहरुले ७ बजेतिर मृत्यु भएको घोषणा गरे ।’

उनको मृत्यु भएपछि प्रहरी वृत्त, लैनचौरले प्रेमी अमरलाई पक्राउ गरेको थियो । उनीविरुद्ध ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने रिजालले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१