प्रथम हिसान दौडमा जया मल्टिपल कलेजकी हृदया र पिनाकल कलेजका विकेश पहिलो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०८०, बिहीबार ०६:१५

काठमाडौ । गोकर्णेश्वर ८ माकलबारी स्थित जय मल्टिपल कलेजकी हृदया राई तथा पिनाकल कलेजका विकेश घिमिरे प्रथम हिसान दौडमा  पहिलो भएका छन् । ब्वाइजमा विकेश र गर्ल्समा हृदया ४ किलोमिटर दूरीको दौडमा पहिलो भएका हुन् ।

हिसान काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा पिनाकलका निनम राई दोश्रो तथा पिनाकलकै नकुल घर्ती तेश्रो भए । कलेज अफ सेन्ट्रल स्टेटका लक्ष्मण तामाङ चौथो, भेनसका मनोज तामाङ पाँचौं र जोसेफका अमित बोहरा छैटौं भए ।

विश्व वातारण दिवसका अवसरमा आयोजित दौडको गल्र्समा कलेज अफ सेन्ट्रल स्टेटकी अस्मिता तामाङ दोश्रो तथा भेनस कलेजकी सुकुलामो तामाङ तेश्रो स्थानमा रहिन् । कलेज अफ सेन्ट्रल स्टेटकी पवित्रा गिरी, सेन्ट लरेन्सकी सुस्मिता राई र जुबिलियन्टकी चाँदनी विष्टले क्रमशः चौथोदेखि छैटौं स्थानमा दौड टुंगाए ।

ब्वाइज÷ गर्ल्स दुवैमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगर पुरस्कार हात पारे । चौथोदेखि छैटौं हुनेले सान्त्वना स्वरुप जनही १ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, हिसानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, हिसान काठमाडौंका अध्यक्ष शिवप्रसाद अधिकारी लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दौडमा करिब ३ सय प्रतिस्पर्धीले सहभागिता जनाएको हिसान बागमतीका अध्यक्ष भवानी प्रसाद पौडेलले निगरानी दैनिकलाई जानकारी दिए ।

‘लेट्स रन टुगेडर फर इन्भाइरोमेन्ट’ नाराका साथ आयोजित दौड थापाथलीस्थित ट्रेड टावरबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी ट्रेड टावरमै आएर टुंगिएको थियो । दौडको उद्घाटन पनि खेलकुद मन्त्री लिम्बूले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१