करिम बेन्जेमा साउदी क्लब अल-इत्तिहाडमा अनुबन्धित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ जेष्ठ २०८०, बिहीबार ०५:४९

काठमाडौं । फ्रान्सेली फुटबलर करिम बेन्जेमा साउदी अरेबियन क्लब अल-इत्तिहाडमा अनुबन्ध भएका छन् । स्पानिस जायन्ट रियल मड्रिडमा १४ वर्ष बिताएर छाडेका उनी हिजौ औपचारिकरुपमा साउदी क्लबमा अनुबन्ध भएका हुन् ।

बालोन डे’ओर विजेता बेन्जेमाले साउदी क्लबसँग तीन वर्षको सम्झौताका लागि सहमति जनाएका छन् ।

बालोन डीओर विजेता बेन्जेमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।

सोमबार अल इत्तिहाडसहित चार क्लबको स्वामित्व साउदी अरेबियाको पब्लिक इन्भेष्टमेन्ट फण्ड (पीआईएफ) ले लिने घोषणा भएको छ । जसले प्रिमियर लिग क्लब न्युकासलको समेत स्वामित्व लिएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २०, २०८१