अल्पमतमा मुख्यमन्त्री कार्की: कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०८०, बुधबार ०७:१३

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की अल्पमतमा परेका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरिएसँग कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो । माओवादीले सरकारमा रहेका दुई मन्त्रीलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको हो ।

माओवादीले संसदी दलका नेता ईन्द्र बहादुर आङबोलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्ने निर्णय गरेको छ । कोशी सरकारमा जनता समाजवादी पार्टी (जसपा) पनि सरबारबाट बाहिरीसकेको छ । आज मुख्यमन्त्री कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एमालेको मात्रै समर्थन छ । उनलाई चाहिने समर्थन एमाले र राप्रपाको संसद् संख्याले अपुग देखिन्छ ।

कूल ९३ सदस्यीय प्रदेश सभामा एमालेका ४० र राप्रपाको ६ सांसद्मात्रै मुख्यमन्त्री कार्की नेतृत्वको सरकारमा सहभागी छन् । प्रदेश सभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक छ । यसका लागि जसपा निर्णायक देखिएको छ । प्रदेश सभामा अहिले प्रतिपक्षी रहेको कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाका १ सांसद् रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१