बजेटले सत्ता गठबन्धनको जीवन रक्षामात्रै गरेको छः केपी ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०८०, बुधबार ०७:१२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले अहिलेको बजेटले गठबन्धन सरकारको जीवन रक्षमात्रै गरेको टिप्पणी गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्ता बजेटलाई अहिलेको नेपाली पुस्ताको बजेटका रुपमा स्वीकार्न नसकिने बताए । बजेट बाँझो खेतमा विउ छरेजस्तो अन्धधुन्द रहेको उनको आरोप छ ।

यस बजेटले केवल सत्ता गठबन्धनको जीवन रक्षाको लेखाजोखामात्रै गरेको छ । यसबाट माथि उठेर देशको अर्थतन्त्र विकासमा केन्द्रीत होस् । यस्तो बजेटलाई आजको नेपाली पुस्ताको बजेट कसरी भन्ने ? यो त अन्धधुन्द बाँझो खेतमा विउ छरेजस्तो, बाँझो चौरीमा विउ छरेजस्तो भएको छ । केही हुनेवाला छैन । आजको नेपाली सोच, आवाज र आकांक्षालाई यस सरकारले नेतृत्व दिन सक्दैन भन्ने अभिव्यक्ति यस बजेटले गर्छ,’– ओलीले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१