नदीमा जीप खस्दा बेपत्ता भएका दुई जनाको शव भेटियो, एक जनाको अवस्था अझै अज्ञात

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०८०, बुधबार ०७:०९

काठमाडौं । सुनकोशी नदीमा जीप खस्दा बेपत्ता भएका ३ जनामध्ये २ जनाको शव भेटिएको छ । गत शुक्रबार (१९ गते) सानोठिमी भक्तपुरबाट खोटाङ्जाँदै गरेको सिटीइभीटीको सरकारी बीएबी ७४६७ नम्बरको स्कारपीयो सिन्धुलीको गोलाञ्जोर गाउँपालिका(६ स्थित् सुनकोशी नदीमा खसेको थियो ।

स्कारपीयोमा सवार ४ जनामध्ये चालक कृष्णबहादुर चौधरी घाइते भएका थिए । गाडीमा सवार सिटीइभीटीका सहसचिव कृष्णबहादुर केसी, योजना महाशाखाका निर्देशन यम प्रसाद भुर्तेल र विद्युत प्रशिक्षक भानु पौडेल बेपत्ता भएका थिए । फेला परेको शवको अझै सनाखत हुन सकेको छैन । बेपत्ता रहेका एक जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१