एक दिवसीय अभिमुखीकरण तालिम कार्यक्रम सफलतापुर्वक सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०८०, सोमबार १५:४०

काठमाडाै । गोकर्णेश्वर नगरपालिका वडा नं ८ को आयोजना तथा वेव बैँक नेपालको सहजीकरणमा एक दिवसीय अभिमुखीकरण तालिम कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ । स्थानीय मिजार महिला समूहको ससक्तिकरण तथा विकास लागि विगत १५ बर्ष देखि महिला उद्यमशीलता क्षेत्रमा अनुभव प्राप्त बरिष्ठ प्रशिक्षक आर के ढुंगानाले मुख्य प्रशिक्षण प्रदान गर्नु भएको थियाे । कार्यक्रममा प्रस्तवना तयार पार्ने तथा र नीति तथा कार्यक्रमका लागि सहजीकरण गर्ने गरी ढुंगानाले तालिम प्रदान गर्नु भएको थियो ।

महिलाहरुलाई अचार उत्पादन तालिम तथा उपहार सामग्रीहरु तयार गर्ने मुख्य २ वटा तालिम प्रदान गर्ने निष्कर्षका साथ कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ । । कार्यक्रमको प्रमुख अतिथिको उपमेयर सान्नानी लामा ले कम्तीमा २ वटा विशिष्ट उद्धेश्य राखी बजेट बिनियोजन गरिने नीति तथा कार्यक्रम तय गरिने जानकारी गराउनु भयो । वडाध्यक्ष नन्दलाल श्रेष्ठले प्रभावकारी रुपमा कार्यक्रम संचालन गर्न आगामी दिनमा आवश्यक बजेट बिनियोजन गरिने जानकारी गराउनु भयो ।
बेरोजगार महिलालाई उचित तालिम प्रदान गरी स्वरोजगारका अवसरहरु सिर्जना गर्न अव वडा तथा नगरपालिकाले उचित बजेट तथा कार्यक्रमको तय गरी कार्य सम्पादन गर्ने प्रस्ताव समेत पारित गरेको छ । कार्यक्रममा मिजार बस्तीका ४० जना भन्दा बढी महिलाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन बोस्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाले गर्नु भएको थियो भने संचालन प्रस्तोता द्रोण पराजुलीले गर्नु भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१