गोकर्णेश्वर नगरपालिकाको आयोजनामा विश्व वातावरण दिवस भव्यताका साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०८०, सोमबार १०:३४

काठमाडाै । विश्व वातावरण दिवसको अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ को मुख्य आजोजना तथा विश्व दर्शन मिडिया ग्रुप प्रा. लि.को सहकार्यमा  सरसफाई तथा जनचेतनामूलक कार्यक्रम  सम्पन्न भएकाे छ । कार्यक्रममा नगरपालिकाका ५०० भन्दा बढी स्थानीय बासिन्दा, विभिन्न विद्यालयका विद्यार्थीहरु, शिक्षक ,प्रशिक्षक, समाजसेवी, वातावरणविद्, विभिन्न क्लवका पदाधिकारी, स्थानीय बुद्धिजिवी तथा अभियन्ताहरुको उपस्थितिका साथ प्रभातफेरी कोणसभामा परिणत भएको थियो ।

गोनपा वडा नं ८ का अध्यक्ष नन्दलाल श्रेष्ठले कार्यक्रमकाे संयोजन गर्दै वातावरण संरक्षण तथा सरसफाईका लागि नगरपालिका, वडा, स्थानीय नागरिक सबैले मिलेर, फोहोरमैला ब्यवस्थापन तथा वातावरणीय सरसफाईका लागि पहलकदमी तथा सहकार्य गरेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिनु भएको थियो । वडा सदस्य सुमन लामाले विद्यार्थीहरुले सरसफाईका लागि विशेष योगदान दिन सक्ने र सो अनुसार कार्यक्रमहरु लागु गर्नुपर्ने कुरामा जोड दिनु भएको थियो । त्यस्तै छहारी क्लवका अध्यक्ष लक्ष्मण श्रेण्ठले स्थानीय तहमा संघसंस्था तथा क्लवहरुले सरसफाई तथा बातावरण संरक्षणका लागि महत्वपूर्ण योगदान दिइरहेकोले स्थानीय सरकार तथा संघसंस्थाहरुसंग सहकार्य गरेर कार्य गर्न सदैव तयार रहेको प्रतिवद्धता समेत ब्यक्त गर्नु भयो ।

कार्यक्रममा विशेष अतिथिको तर्फबाट सम्वोधन गर्नुहुँदै नगर उपप्रमुख सान्नानी लामाले एक घर दुई विरुवाको नीति नगरले लिएको र सो अनुसार कार्यान्वयनमा नगरको सम्पूर्ण टीम नै लाग्नु पर्ने, विद्यालय तहदेखि नै बातावरण तथा सरसफाईका लागि जागरण पैदा गर्नुपर्ने र स्थानीय जनताहरुपनि बृक्षारोपण तथा सरसफाईका विभिन्न परियोजनामा आवद्ध भइ गोकर्णेश्वर नगरपालिकालाई हरित नगरको रुपमा विकास गरिने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो ।

अन्त्यमा कार्यक्रमा प्रमुख अतिथिको तर्फबाट सभालाई सम्वोधन गर्नुहुदै गोनपा नगर प्रमुख दिपक कुमार रिसालले आजैदेखि सचेत हुनुपर्ने भएको कुरामा जोड दिदै विश्व ब्यापीरुपमा तापक्रम बढेर अति गर्मी भएको, अल्पबृष्टी, अनाबृष्टी को अवस्था प्रतिकुल अवस्था बढेर गएको अवस्थामा एक घर २ रुख विना घरको निर्माण सम्पन्न नदिने नीति तथा कार्यक्रम ल्याउने तयार भइरहेको जानकारी गराउनु भएको थियो भने १०,००० भन्दा बढी लालिगुराँसको रोपण भइसकेको र लालीगुँरास डाँडानै घोषणा गरी कार्यक्रम संचालन भएको र अवको दिनमा जलबायुको संरक्षण तथा बातावरणको विकासका लागि जिम्वेवार भएर सबै लाग्नु पर्नेमा जोड दिदै कार्यक्रमको समापन गर्नुभएको थियो ।

प्रभातफेरी कार्यक्रममा सहभागी विद्यार्थीहरुले रुख रोपौ पृथ्वी जोगाऔ, पृथ्वी जोगार्औ हरेक दिन पृथ्वी दिवस मनाऔ, हरित राखौ सफा बनौ, प्रदुषणको कारण होइन समाधान बनौँ, भावी पुस्ताको लागि पृथ्वी बचाऔँ, पुन प्रयोग तथा पुनर्चक्रण गरौँ, पृथ्वी साथ साथ बचाऔँ, पृथ्वी बचाऔ, भविष्यको उपचार गरौँ, यो हरित बन्ने बेला हो लगायतका महत्वपूर्ण नाराहरु सहित प्रभातफेरिले सन्देश प्रकट गरको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१