गोकर्णेश्वर नगरपालिकामा महिला उद्यमशीलता विकासमा उपमेयर कार्यक्रम भब्यताका साथ सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ जेष्ठ २०८०, आईतवार ०५:०३

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा महिला उद्यमशीलता विकासमा उपमेयर बिषयक एक दिवसीय कार्यक्रम कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ । गोकर्णेश्वर नगरपालिकाका विभिन्न महिला समूहहरु स्थानीय जनप्रतिनिधिको सहित ५० भन्दा बढी महिलाहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा गोनपाका उपप्रमुख सान्नानी लामाको प्रमुख अतिथिको रुपमा उपस्थिति रहनु भएको थियो ।

विश्वदर्शन मिडिया ग्रुपको संयोजन गोकर्णेवर नगरपालिकाको आयोजनामा संचालित उक्त कार्यक्रमा चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा महिला उद्यमशीलता विकासका लागि प्राप्त भएका सुझाबहरुको टिपोट गरी ती शुझाव उपर उपप्रमुखको तर्फबाट सम्वोधन तथा दफावार छलफल समेत भएको थियो । नीति तथा कार्यक्रमका लागि प्राप्त भएका शुझावहरुमा नाताबाद कृपाबादको आधारमा मात्र कार्यक्रम तथा अनुदान प्राप्त गर्ने प्रचलनको अन्त्य गरी समानुपातिक प्रतिनिधित्वको आधारमा बजेट निकाशा तथा विनियोजन गरिनुपर्ने्, सस्तो ब्याजदरमा सहुलियत दरको महिला उद्यमशील कर्जाको ब्यवस्था गरिनुपर्ने्, नगरपालिकालाई कपडा तथा कृषिमा आत्मनिर्भर बनाउने नीति तय गरी बजेट ब्यवस्थापन गर्नुपर्ने, कृषि समूह लगायत कृषि ब्यवसायमा लागेका ब्यक्तिगत फर्म तथा कम्पनीलाई समेत अनुदान तथा सहयोगको प्राथमिकतामा पारिनुपर्ने, कृषि कम्पनीहरुको बर्गीकरण तथा छनौट गरी योगदानमा आधारित अवार्ड तथा सम्मानको ब्यवस्था गरिनुपर्ने, हरेक कार्यक्रम नगरपालिकामै केन्द्रीत भएको बर्तमान नीतिलाई वडास्तरीय नीति तथा कार्यक्रम तय गर्न सकिने र वडा स्तरीय बजेट बिनियोजन गर्न पाउने नीति संसोधन गर्नुपर्ने, तल्लो तहका महिलालाई तालिम तथा क्षमता विकासका कार्यक्रमको माध्यामबाट उत्प्ररित गरी आरक्षणको ब्यवस्था गर्नुपर्ने, नागरिकको विकासमा सहभागिता भन्ने सोचलाई विकास गरी जनसहभागितामा आधारित विकास कार्यक्रम तर्जुमा गर्नुपर्ने, फोहोरलाई मोहोर बनाउनका लागि स्थानीय तहमा विभिन्न रोजगार मूलक कार्यक्रमहरु संचालन गर्ने नीति लिनुपर्ने, महिलामा सिर्जनशीलतका विकास गर्न संगीत, नृत्य तथा कलाकारिताको विकास गर्ने नीति तय गर्नुपर्ने, हरेक अनुदान तथा सहयोगमा आधारित परियोजनाको अनुगमन तथा मूल्यांकन गरी प्रगति विवरण पेश गरी जनलेखापरिक्षणको नीति तय गर्नुपर्ने, सार्वजानिक सेवा र प्रशाषनलाई चुस्त तथा दुरुस्त रुपमा विकास गरी सर्वसाधारणलाई सेवाको अनुभुति हुने गरी कार्यनीतिहरु संसोधन गर्नुपर्ने, एक ब्यक्ति एक पद र एक संस्थाको अवधारणा विकास गरी कार्यसम्पादनलाई प्रभावकारी रुपमा प्रस्तुत गर्ने नीति तय गर्ने लगायतका सुझावहरुलाई प्रमुख अतिथिको तर्फबाट सम्वोधन तथा प्रतिक्रिया दिनुहुँदै उपमेयर सान्नानी लामाले आगमी आर्थिक बर्षका विशेष तयारीका साथ नीति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिनुभयो ।

हरेक बर्ष असार १० गते प्रस्तुत गरिने नीति तथा कार्यक्रम नगरपालिकाले महिलामा लगानी गर्दा कसरी दिगो र स्थायी हुन्छ ती कुरामा विशेष जोड दिइने जानकारी गराउनु भयो । रकम कनिका जस्तो छर्ने भन्दा बरु राम्रो उद्योग स्थापना गरी हरेक उद्योगमा १०० महिलाले रोजगारी पाउने नीति तय गरिने, सहुलियत दरको महिला उद्यमशील कर्जा प्रवाह गर्ने प्रभावकारी नीति तर्जुमा गरिने, केही उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउने नीति तय गरिने, बेरुजुलाई कम गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीति तय गरिने, कृषि पकेट क्षेत्र घोषणा गरी देखिने प्रकारका कार्यक्रम तथा योजना तर्जुमा गरिने प्रतिवद्धता समेत उपमेयर लामाले गर्नुभएको थियो । कार्यक्रमका सभापति मुकुन्द ढुंगानाले सबै प्राप्त सुझावहरु संकलन गरी पेश गरिने र आगामी दिनमा त्यसको खवरदारी तथा अनुगमन गरी महिला उद्यमशीलतका लागि पहल गर्न मिडियाको तर्फबाट पहलकदमी दिने समेत जानकारी गराउंदै कार्यक्रमको समापन गरिएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख १६, २०८१