अख्तियारका आयुक्तको गीतमा प्रियंकाको ठूम्का

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०८०, शुक्रबार ०५:५८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवम् पूर्व एआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ । चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक भएको हो ।

गायिका मेलिना राईको स्वर रहेको यो राष्ट्रिय भावको गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले ठुम्का लगाएकी छिन् । सुदिप बरालले खिचेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । भिडियो निर्देशन भने सरोज ओलीले गरेका छन् ।

‘यो राष्ट्रिय भावको गीत हो,’ गीतकार चन्दले भने, स्कुल कलेज विहे ब्रतबन्धतिर बजाउन मिल्छ । आम दर्शक स्रोतमा राष्ट्रिय भाव जागृत गराउँछ भन्ने मेरो अपेक्षा छ । सुदूपश्चिममा हुर्केको मैले सानैदेखि देउडा गुनगुनाउथे । त्यही भएर गीत लेखनमा सानैदेखि हुटहुटी थियो ।’ यसअघि चन्दले ट्राफिक सम्बन्धी जनचेतना जगाउने सेतो टोपी बोलको गीत चर्चित भएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१