बिहीबार ४ जनाको बयान सकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ जेष्ठ २०८०, शुक्रबार ०५:३३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्गत बिहीबार ३ जनाको बयान लिइएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा अभियुक्तहरू टोपबहादुर रायमाझी, आङटावा शेर्पा र शमसेर मियाँको बयान लिइएको हो।

यो सँगै बयान लिइनेको संख्या १५ जना पुगेको छ।

बयान जेठ १२ गतेदेखि जिल्ला अदालत काठमाडौंमा लिन थालिएको हो।

सो प्रकरणमा १८ जना प्रकाउ पर्दा १२ जना प्रहरीको फरार सूचीमा रहेका छन्।

प्रतिक्रिया