‘प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा ‘लङ टर्म पावर डिल’ गर्ने प्रयास हुन्छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०८०, बुधबार ०५:४३

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा ‘लङ टर्म पावर डिल’ गर्ने प्रयास हुने बताइएको छ।

मङ्गलबार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जानकारी दिन परराष्ट्र मन्त्रालयले आयोजना गरेका पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले भारत भ्रमणको क्रममा ‘लङ टर्म पावर डिल’ गर्ने प्रयास हुने बताइएको हुन्।

उनले कनेक्टीभिटीको क्षेत्रमा सिमरा नाका धेरै व्यस्त रहेको हुँद नाकाको आवश्यकता रहेको ओँल्याउँदै सो नाकाका लागि सम्भाव्य ठाउँहरूको बारेमा भारत सरकारसँग छलफल गरिरहेका बताए।

उनले नेपालगञ्ज, भैरहवा र विराटनगर लगायतका नाकाको बारेमा कुरा गरिरहेको र यो भ्रमणबाट सकारात्मक उपलब्धिसम्म पुग्ने सकिने विश्वास रहेको उल्लेख गरे।

उनले भने,‘हामीले केही महत्त्वपूर्ण क्षेत्रलाई समेट्न कोशिस गरिरहेका छौँ। विद्युत् आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत् व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत् व्यापार गर्ने कुरा हामीले यो भ्रमणमा गरिरहेका छौँ। हामीले नेपालमा विद्युत् बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङ टर्म पावर डिल गर्ने प्रयास गरिरहेका छौँ। भारतसँग ट्रान्जिटिटी गर्ने बारेमा पनि यो भ्रमणमा महत्त्वपूर्ण कदम चालिनेछन्। नेपाल र भारतको बीचमा कृषि उत्पादन सामग्री भारतीय बजारसम्म पुग्न सहयोगका लागि आग्रह हुनेछ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१