शरणार्थी प्रकरण : तीन जनाको बयान सकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०८०, बुधबार ०५:२७

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा मङ्गलबार तीन जनाको बयान सकिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा मङ्गलबार इन्द्रजीत राई, सन्देश शर्मा र महेन्द्र केसीगरी तीन जनाको बयान लिइएको हो।

यसअगाडि शुक्रबार केशवप्रसाद दुलाल र सागर राई, आइतबार सन्दीप रायमाझी, टंक गुरुङ र लक्ष्मी महर्जनको बयान लिइएको थियो।

सो प्रकरणमा हालसम्म १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, अशोज ७, २०८१