सम्झना लामिछाने र सुन्दर खनालको स्वरमा रहेको“ढुङ्गे धारा” बोलको गितको भिडियो छायांकन सम्पन्न

evccfn@gmail.com' rastriyakhabar
१६ जेष्ठ २०८०, मंगलवार ०९:४६

काठमाडौं । सम्झना लामछाने र सुन्दर खनालको स्वरमारहेको “ढुङ्गे धारा” बोलको लोकदोहरी गीतको भिडियो मकवानपुर जिल्लाको चखेल स्थित रमणीय स्थलमा छायांकन सम्पन्न भएको छ ।
पछिल्लो समयका चर्चित गीत पिरतीको खेती, मायामा भर्ना खुला छ,बर्को वाड्न देऊ,नरौ सुकु सुकु,जस्ता चर्चित गीतहरू निर्देशन कोरियोग्राफी गरेका निर्देशक समीर थोकरले यो गीतको निर्देशन अनि कोरियोग्राफी गरेका छन् ।
यो गीतको छायांकन शुशिल डागीले गरेका हुन् भने ,गीतमा समीर थोकर,जुना कार्की, सुन्दर खनालले अभिनय गरेका छन् ।
यो गीतको लागी मकवानपुर चखेलका श्री काली माध्यमिक विद्यालयका अध्यक्ष राजन लामा लगायत विद्यालयका सम्पुर्ण बिद्यार्थिहरुले छायांकनमा सहयोग गरेका थिए ।
सहयोग गरेकोमा निर्माताको तर्फबाट मकवानपुर चखेल बाशी लाई धेरै धरै आभार व्यक्त गरेका छन् ।
यो गीत भिडियो सहित केही दिनमा बजारमा आउने तयारीमा छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१